ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बैकल्पिक सडकको दुर्दशा !

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

लुम्बिनी प्रदेश सरकारले विस्तृत अध्ययन नगरिकनै हचुवाका भरमा सडक निर्माण गर्दा त्यसले परिणाम त दिएन, उल्टै जोखिम निम्त्याएको छ । हतारमा त्यो पनि दिर्घकालीन रूपमा पर्ने क्षति र जोखिमका बिषयमा पर्याप्त अध्ययन नगरि निर्माण गरिने कामले समस्या निम्त्याउने गरेको पछिल्लो उदाहरण बुटवल पाल्पा बैकल्पिक सडक भएको छ । उक्त सडकमा प्रदेश सरकारले अहिलेसम्म २० करोड लगानी गरिसकेको छ तर सडक बन्नुको सट्टा विग्रदै गएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान–सिद्धबाबा खण्ड जोखिमयुक्त भएपछि विकल्पको रूपमा नयाँ सडक निर्माण गरिनु राम्रो कुरा थियो । त्यसमा प्रदेश सरकारले दृष्टि त पु¥यायो तर दूरदृष्टि नपु¥याउँदा करोडौं रूपैयाँ बालुवामा पानी सरह भएको छ । पाल्पाको तिनाउ गाउँपालिका झुम्सादेखि वुटवल उप नगरपालिकाको चरङ्गे जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ देखि निर्माण कार्य सुरु गरेको सडक खण्डको लगानी ब्यर्थ भएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले भौगोलिक भू– बनोटको संभाव्यता अध्ययनबिना सडक निर्माणको काम सुरु गरेको थियो । निर्माण सुरु भएको पाँच बर्ष हुँदा पनि हालसम्म न सडकको स्तरोन्नती हुन सकेको छ न त सडकमा गाडी गुड्न सक्ने अवस्था छ । उल्टो त्यस क्षेत्रका स्थानीय वासिन्दालाई सडक निर्माणको काम हुँदा पहिरोको उच्च जोखिम बढेको र वन विनास बढेपछि चिन्ता थपिएको छ । सडक निर्माणको दुष्परिणाम अहिले स्थानीयले भोगिरहेका छन । पर्याप्त बाताबरणीय अध्ययन र अनुसन्धान नगरि निर्माण गरिने कुनैपनि कामले समस्या निम्त्याउने यो सडक उदाहरण बनेको छ । अहिले वर्षातको समयमा पहिरो जाने क्रम बढेको छ । पहिरोको कारण पुरै बस्ती नै जोखिममा परेको छ । अधिकांश खेतीयोग्य जमिन साथै वन पनि भासिदै गएको छ । सडकको ट्रयाक खोल्दा ठूला ठूला मेसिनको प्रयोगका कारण जमिनको तल्लो भाग खलबलिएको छ ।

चुरे क्षेत्रमा पर्ने उक्त सडक आफै जोखिममा थियो । त्यसलाई चलाउने काम भयो । त्यसको परिणाम बर्षाको समयमा समस्या पैदा गरेको छ । सडकका कारण दर्जनौ स्थानमा पहिरो गएको छ भने ठूला ठूला रुखहरू ढलेका छन् । पहिरोका कारण जमिनको क्षति बढ्दै गएको स्थानीयको दावी छ । एक हिसावले भन्दा यो सडकले स्थानीय जनतालाई सुविधाभन्दा पनि सास्ती दिने भएको छ । बिना भौगोलिक अध्ययन हतार हतार लोकप्रियताको नाममा काम गर्दा यो सडक असफल योजनाभित्र परिसकेको छ । पाल्पा खण्डमा भन्दा रूपन्देही खण्डमा जोखिम अधिक छ । प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याँकन गरेरमात्र यो सडक निर्माण गर्नुपथ्यो । कतै बुटवल सिद्धवावा पाल्पा सडक खण्डको विकल्प खोज्दै गर्दा जन्मिएको यो सडकले पनि त्यही प्रकारको क्षति निम्त्याउने हो कि भन्ने चिन्ता बढेको छ । अव प्रदेश सरकारले यो सडकलाई एउटा निष्कर्षमा पु¥याउनु जरुरी छ । सरकारको २० करोड बढी खर्च भैसकेको र विभिन्न स्थानमा पुल, कल्भर्ट समेत निर्माण भैसकेकोले यो सडकलाई अलपत्र पार्नु हुँदैन । आगामी दिनमा यो सडकको भविष्य कसरी सुरक्षित हुन्छ, त्यसतर्फ अव प्रदेश सरकारको ध्यानाकर्षण होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?