Butwal Today

नेपालगन्ज उडेको श्री एयरको जहाजमा समस्या, काठमाडौंमै अवतरण

४ आश्विन २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, ४ असोज ।

त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ।

बिहान सवा ८ बजेको नियमित उडान तालिका रहेको उक्त ९ एन एनएस कलसाइनको उक्त जहाज उडिसकेपछि समस्या आएको हो। उक्त जहाज बिहान ९ बजे नेपालगन्जमा अवतरण हुने तालिका थियो।

तर प्राविधिक समस्या आएपछि उक्त जहाजलाई बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइएको नागरिक उड्ययन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?