Butwal Today

संविधान दिवसमा एमालेको विशेष कार्यक्रम

३ आश्विन २०८०, बुधबार
अ+
अ-

काठमाडौं,३ असोज । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

बुधवार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले नेता कार्यकर्ता र सर्वसाधारण युवायुवतीको भिड थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।


संविधान दिवसमा एमालेले आयोजना गरेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’ कार्यक्रमले आम नागरिकमा संविधानप्रति गर्ववोध र अपनत्व गराएको र यसमा उत्साहजनक सहभागिता भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?