ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

‘प्रचण्डको षड्यन्त्र’ : बाबुरामलाई बाइपास गरेर महिन्द्रलाई पत्र

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

 

काठमाडौं,३ असोज । नेकपा माओवादी केन्द्रले पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बाइपास गरेर पार्टी एकताका लागि सहअध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । भदौ ३० गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र जबरजस्त विवाद उत्पन्न भएको हो । डा. बाबुराम पक्षका नेताहरुले माओवादी केन्द्रले नेसपामा विवाद ल्याई फुटाउ र राज गरको नीति अनुसार बाबुरामलाई बाईपास र अपमान गरेर दोस्रो अध्यक्षलाई षडयन्त्रपूर्वक पत्र लेखेको टिप्पणी गरेका छन् ।

भदौ २५ गते पार्टीको केन्द्रीय कार्यालय पदाधिकारीहरुको बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भई पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको विषय पत्रमा उल्लेख छ ।

भट्टराई प्रगतिशील नेपाली समाज भारतले गरेको कार्यक्रममा भाग लिन असोज १ गते भ्रमणमा निस्किएका भट्टराई बैंगलोर, गोवा, चण्डीगढ र दिल्लीमा आयोजना गरिने कार्यक्रममा सहभागी भएर असोज ६ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

उनी दिल्ली जाने अघिल्लो दिन अध्यक्ष यादवको नाममा पत्राचार भएपछि भट्टराई पक्षले यसलाई प्रचण्डको षड्यन्त्रका रुपमा अर्थ्याउने गरेका छन् । केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले कार्यकारी अध्यक्ष भट्टराई रहेको अवस्थामा दोस्रो अध्यक्षलाई सम्बोधन गरी पठाइएको पत्र मान्य नहुने बताए ।
बाबुरामलाई बाइपास गरेर पत्र पठाउनु प्रचण्डको गम्भीर षड्यन्त्र भएको र यस्ता षड्यन्त्र मान्य नहुने श्रेष्ठले भनेका छन् ।

तर सरकारका खानेपानी मन्त्रीसमेत रहेका नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवले भट्टराई भारत भ्रमणमा रहेकाले पत्र आफूलाई आएको जिकिर गरेका छन् । भट्टराईलाई बाइपास गरेको नभइ दुवै जना अध्यक्षलाई माओवादीले पत्र पठाएको हुन सक्ने उनको भनाइ छ । पार्टी एकता गर्ने सहमति भइसकेको अवस्था अब यो वा त्यो बहानामा प्रक्रिया रोक्न नमिल्ने उनले बताए । उनले भट्टराई फर्केपछि सचिवालय बैठक बसेर पार्टी एकताको विषय टुङ्ग्याउने बताए ।
तर माओवादी केन्द्रले भट्टराईलाई पत्र नलेखी यादवलाई पत्र पठाएको सम्बन्धमा सामान्य भएको प्रष्टीकरण दिएको छ ।

माओवादीसँग पार्टी एकता गर्नका लागि नेसपाले सहअध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सदस्यमा उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव छन् । माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

निर्वाचनपछि भट्टराई पार्टी एकता गर्न अनिच्छुक देखिएपछि उनीमाथि पार्टीभित्र चर्को दबाब परिरहेको छ । यादव र श्रेष्ठ पार्टी एकताको पक्षमा देखिएका छन् । हिसिला यमी लगायतका नेताहरू एकताको विपक्षामा देखिएका छन् ।

साउन ९ गते प्रचण्ड निवास खुमलटारमा पुगेका भट्टराई र महिन्द्र राय यादवले साझा चिह्न र घोषणापत्रमा लिखित सहमति गरेका थिए । मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा यादव सर्लाही–२ बाट विजयी भएका थिए । श्रेष्ठ सिन्धुली–२(२) बाट बागमती प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । बाबुरामकी छोरीसमेत रहेकी मानुषी यमी काठमाडौँ–७ बाट पराजित भएकी थिइन् । बाबुरामले लगातार निर्वाचन जित्दै आएको गोरखा–२ प्रचण्डलाई त्याग गरेका थिए । निर्वाचन क्षेत्रमात्र नछोडी प्रचण्डलाई  जिताउनका लागि निर्वाचनमा भट्टराई आफैँ गाउँगाउँ पुगेका थिए । निर्वाचन जितेपछि प्रचण्डबाट धोका भएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?