ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा
भूपू विद्यार्थी समाज लुम्बिनी वाणिज्य क्याम्पसको चौथो अधिवेशन

जग्गा प्राप्ति नहुँदा विश्वविद्यालय घोषणामा ढिलाई

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

बुटवल, ३ असोज ।

समुदायको अगुवाईमा संचालित लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालय घोषणा गर्न जग्गा प्राप्तीमा प्राविधिक समस्या भएको सरोकारवालाहरुले दुःखेसो गरेका छन् ।

भूपू विद्यार्थी समाज लुम्बिनी वाणिज्य क्याम्पसको चौथौ अधिवेशनमा बोल्ने वक्ताहरुले देशभरमै उत्कृष्ट घोषणा भएको कलेजलाई विश्वविद्यालयका रुपमा संचालन गर्ने योजना जग्गाकै कारण ढिलाई भएको बताए । बुधबार एक समारोहका बिच कार्यक्रमको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले उद्घाटन गर्दै कलेजलाई उत्कृष्ट बनाउन सरोकारवाला संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहने बताए ।

शैक्षिक योगदानमा अग्रणी भूमिकामा रहेको भन्दै शैक्षिक गुणस्तर वृद्धिमा सधै आफुहरु अग्रसर रहेको उनले बताए । कलेजमा बेलाबेला हुने अन्तरद्वन्द्व र विवाद समाधानमा सरोकारवाला संघसंस्थाबाट सहयोग मिलेको भन्दै उनले सबैको सोच शैक्षिक विकासमा केन्द्रित रहनुपर्ने बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले कलेज उत्कृष्ट हुनुको आधारहरु शिक्षक अभिभावक संघ, भूपू विद्यार्थी समाज, पूर्वाधार, डिजिटल लाईब्रेरी, एमफिल गरेका एक दर्जन प्राध्यापक, प्राध्यापक र विद्यार्थीहरुको अनुसन्धानमा अब्बल रहेको बताए । यसैगरी अनुसन्धानहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा आर्टिकलहरु प्रकाशन गरिने तथा पारदर्शीता, स्कर्लसिपको ब्यवस्थापन जस्ता करिब २१ वटा विधा केलाउँदा उत्कृष्ट भएर घोषणा भएको उनले बताए ।

क्याम्पस विश्वविद्यालय बन्दै गर्दा भूपू विद्यार्थीहरुको भूमिकाबारे बुझ्न जरुरी रहेको भन्दै उनले कलेजले स्वयत्त कार्यक्रम चलाउने विधि देशभर चर्चाको विषय भएको बताए । भूपू विद्यार्थीहरु केही रचनात्मक काम गर्न सकेमा पनि उत्कृष्ट बनाउन सहयोग मिल्ने उनले बताए । देशमा १७ वटा विश्वविद्यालय रहेका छन् । शिक्षा विधेयक बल्ल सदनमा गएको छ । लुम्बिनी प्रदेशमा भने शिक्षा ऐन पारित गरिसकेको उनले बताए ।

विश्वविद्यालयको दुई वटा अवधारणा अघि बढाएको भन्दै उनले स्कुल अफ विजनेश, स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीमा जोड दिएको बताए । माणिक विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति बजारमा त्यसै छोड्ने भन्दा पनि निरन्तर अनुसन्धान गर्ने उनले बताए । पाँच वटा स्वयत्त कार्यक्रम चलाउने एकमात्र उत्कृष्ट भएको उनले बताए ।

विश्वविद्यालय अनुदान आयोगबाट तेस्रो पटक गुणस्तर प्राप्त गर्ने पहिलो कलेजका रुपमा अबको ६ महिनामा घोषणा गर्न लागिएको उनले बताए । आफ्नै विश्वविद्यालय घोषणा गर्न सरकारबाट जग्गा प्राप्तिमा अझै पनि कठिनाइ देखिएको भन्दै यसमा भूपू विद्यार्थीहरुको पहल जरुरी रहेको उनले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष अनिल श्रेष्ठले छात्रवृत्ति प्रदान, सामाजिक उत्तरदायित्व अन्तर्गत विविध रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । कलेज क्युएए प्राप्तिमा भूपू विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने उनले बताए । प्रदेशकै सर्बोत्कृष्ट क्याम्पसको रुपमा परिचित यो क्याम्पस देशभरको ११ सय बढी क्याम्पसबाट नेपालकै उत्कृष्ट क्याम्पसको सम्मान प्राप्त गरेको छ । समाजको नाममा कोष स्थापना भएर आर्थिक संकलन भएका छन् तर कोष संचालन सम्बन्धी निर्देशिका तथा नियमावली नहँुदा कठिनाई भएको वरिष्ठ उपाध्यक्ष बोनिन पियाले बताए । यस विषयमा गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा कलेजका प्राध्यापक संघका अध्यक्ष धन बहादुर पुन, समाजका संस्थापक अध्यक्ष गोपाल प्रसाद पाण्डे, शिक्षक अभिभावक संघका कविता कुँवर, क्याम्पस स्ववियु अध्यक्ष विजय कार्की, नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसका सभापति रेशम क्षेत्री, समाजका सचिव लालहरि पाण्डेले कलेजको भौतिक र शैक्षिक गुणस्तर वृद्धिमा संस्थागत सहकार्य गरी अघि बढ्न आग्रह गरे । समाजमा ३ हजार सदस्यहरु रहेका छन् ।

भूपू विद्यार्थी समाजमा पुनः श्रेष्ठ

भूपू विद्यार्थी समाज, लुम्बिनी वाणिज्य क्याम्पसको चौथौ अधिवेशनबाट अनिल प्रसाद श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बुधबार भएको अधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्ष बोनिन पिया, उपाध्यक्ष लालहरि पाण्डे, सचिव नरेश कुमार श्रेष्ठ, सहसचिव बिष्णु कुँवर, कोषाध्यक्ष प्रेम भ्ुर्तेल, सहकोषाध्यक्ष अभिषेक भारी, सदस्यहरु अन्जन कुमार श्रेष्ठ, बासुदेव श्रेष्ठ, राजेन्द्र कार्की, कमल देवकोटा, मुकुन्द ज्ञवाली, अर्जुन ज्ञवाली, पुष्कर भुषाल, गिता सापकोटा, दिपक भण्डारी, देवप्रकाश खनाल, सुरेश पन्थी तथा निवर्तमान अध्यक्ष देवेन्द्र ध्वजु चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?