Butwal Today

‘आन्दोलनमा गएर विद्यालय हाजिर नहुने शिक्षकलाई कारवाही’

३ आश्विन २०८०, बुधबार
अ+
अ-

काठमाडौं,३ असोज । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने भएको छ ।

महानगरले भोलिदेखि विद्यालय अनुगमन गर्ने विद्यालय बन्द गरिएको पाइएमा कारबाही गर्ने जनाएको हो ।

महानगरपलिकाले बिहीबारदेखि गर्ने विद्यालय अनुगमनमा शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द र प्रधानाध्यापक वा विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको महानगरका प्रमुख बालेन्द्र शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए ।

महानगरपालिकाले सुरुवातबाटै आफ्नो क्षेत्रभित्रका विद्यालयमा राजनीति नगर्न पटक पटक विज्ञप्ति जारी गर्दै आएको संयोजक बजगाईले बताए । बजगाईंका अनुसार महागरपालिकाले कुन विद्यालयमा अनुगमन गर्ने तोकेको छैन भने भोलि बिहिबार नै अनुगमन हुनेछ ।