ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

अझै हटेन बालबालिकाको प्रयोग  

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार
  पाल्पा, ३ असोज ।
तानसेन काजीपौवाका १४ वर्षीय  बालक सन्तोष राना मगर तानसेन नगरपालिकाको सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छन् । उनी तानसेन बजारको एतिहासिक भगवती रथ यात्राको ¥यालीमा सहभागी भएको तीन वर्ष भयो । आफ्नो विद्यालयको व्यानर बोकेर रथ यात्राको क्रममा दिनभर टन्टलापुरे घाममा नगर परिक्रमा गर्दा यसपटक नराम्रोसंग बिरामी भएको उनका अभिभावक बताउँछन् ।
सन्तोष जस्तै यस वर्षको नगर परिक्रमा गर्ने क्रममा तानसेन नगर गैरागाउँकै १३ वर्षीय  विनोद खनाल पनि ज्वरोले नराम्रोसंग थलिए । बिहान १० बजे विद्यालय हाजिर भएर विद्यालयको व्यानर लिएर २ घण्टा मन्दिर परिसरमा टन्टलापुरे घाममा लामबद्ध भएर उभिएका खनाल दिनैभर भदौरे घाममा रथसंगै दिनभर नगर परिक्रमापछि बेलुका नराम्रोसंग थला नै परेका हुन् ।
भाद्र कृष्ण अष्टमीको भोलिपल्ट तानसेनमा निकालिने रणउज्जेश्वरी भगवती रथ यात्रा र अमर नारायणको रथ यात्रामा नगर भित्रका सामुदायिक तथा निजी विद्यालयहरुका बालबालिकाको प्रयोग गरिदै आइएको छ । दिनभर वालवालिकाहरुलाई चर्को घाममा रथ यात्रामा सहभागी गराउने परम्परा पछिल्लो समयमा अनिवार्य जस्तै गराउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखा पर्न लागेको छ । नगर विद्यालयहरुका बालबालिका धार्मिक रथ यात्राका क्रममा मात्र नभई नगरमा आयोजित व्यापार मेला, महायज्ञ जस्ता कार्यक्रम तथा समारोहमा अनिवार्य रुपमा बालबालिकालाई प्रयोग गरिदै आइरहेका छन् ।
विद्यालयको निर्देशक अभिभावकले स्वीकार्नु बाहेक अन्य कुनै विकल्प नै छैन । यस्ता कार्यक्रममा सहभागी बनाउँदा बालबालिकाको स्वास्थ्यमा कस्तो असर पर्दछ भन्ने विषयमा विद्यालय र आयोजक कसैलाई पनि वास्ता नभएको हो । विगतका वर्षमा रथ यात्रामा सहभागी खेम कुमारी कोइराला भन्छिन्, “चार घण्टा सम्म ¥यालीमा सहभागी हँुदा पिसावले च्यापेर हिंड्नै समस्या पर्दछ । पिसाव च्यापेर हिड्दा कस्तो समस्या हुन्छ भन्ने विषयमा आयोजक र विद्यालयलाई के थाहा ? यस्तो समस्या किशोरीहरुले नै बढी झेल्नु परेको छ । यो त बालबालिकालाई सजाय नै दिएको हो ।” विद्यालयका प्रधानाध्यापकहरु भने आयोजकले पत्र नै लेखेर पठाएका कारण बालबालिका पठाएर सहयोग गरेको हो तर अनिवार्य त छैन तर पनि अनिवार्य जस्तो भएको बताउँछन् ।
तानसेन बजारमा आयोजित मेला महोत्सव, उत्सव जस्ता कार्यहरुमा बालबालिकाको प्रयोग अनिवार्य जस्तै भएको हो । यस्ता विषयमा कही कतै छलफल नै हुँदैन । “तर बालबालिकालाई जानकारी गराउन अवलोकन गराउने हो । ¥यालीमा सहभागी गराउने होइन”– शिक्षक सघंका सभापति लक्ष्मण भन्छन् । यस्ता कार्यक्रममा आयोजकले पत्र पठाए पनि अनिवार्य भने छैन बालबालिकाको स्वास्थ्यमा समस्या आए जिम्मेवारी को हुने ? उनले भने ।
तानसेन नगर शिक्षाका कर्मचारी भने कुनै पनि विद्यालयलाई यस्ता कार्यक्रममा सहभागी हुनु भनेर निर्देशन नगरिएको र बालबालिकाको प्रयोग गलत भएको बताउँछन् ।
जुलुश, समारोह, रथ यात्रामा सहभागीको संख्या बढाउने उद्देश्यले बालबालिकालाई प्रयोग नगर्दा राम्रो हुने जनता माविका पुर्व प्रधानाध्यापक तथा शिक्षाविद बुद्धि प्रसाद शर्मा बताउँछन् । पहिले पहिलेका तुलनामा पछिल्लो समयमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । बालबालिकालाई यस्ता समारोह, मेला महोत्सव, रथ यात्राको महत्वको विषयसँगै यसका सवल पक्षको विषयमा जानकारी गराउने हो तर घण्टौ सम्म लाइनमा उभ्याउने होइन । रथ यात्राका क्रममा मात्र होइन अन्य कार्यक्रमका समयमा पनि पानीको भरमा बालबालिका प्रयोग गरिन्छ ।
बजार भित्रका विद्यालय विद्यालयबीच प्रतिष्पर्धा भएका कारणले पनि हो । यस्ता कार्यक्रममा व्यानर लिएर मात्र होइन व्याण्ड बाजा सहित बालबालिका सहभागी हुने गर्दछन् । “सबै भन्दा समस्या त व्याण्ड बाजा बजाउनेलाई हुन्छ । बजाउनेलाई मात्र थाहा हुन्छ”– किशोर कार्की बताउँछन् । “यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग राम्रो होइन”–उनले भने ।
बालबालिकाको प्रयोगको विषयलाई जिल्ला शिक्षा कार्यालयमा प्रधानध्यापकहरुको बैठकमा समेत प्रवेश पाउँथ्यो । त्यतिबेला पनि लिखित रुपमा हुँदैन भन्ने कुरा निर्णय त भएको होइन । त्यसको परिणाम अहिले सम्म निरन्तर रुपमा चलेको एक प्रधानाध्यापकले बताए ।
पहिले पहिले जस्तो ¥याली झांकीमा सहभागिता हुने क्रम अत्यन्तै कम छ । विद्यालयका बालबालिका र टोल विकास समूह नभए ¥याली झांकी नै नहुने भयो । त्यसैले गर्दा वालवालिकाको प्रयोग भएको हो । मेला महोत्सव, जात्रामा वालवालिका प्रयोगका विषयमा कुनै पनि संघ सस्था होस् या अभिभावकले कुरा नउठाएका कारण आयोजकका लागि सख्या बढाउन होस् या देखाउन सजिलो भएको स्थानीयहरुको बुझाई छ । हाल सम्म बालबालिकामा काम गर्ने संघ संस्थाहरु पनि मौन भएका कारण राजनैतिक दलहरुको कार्यक्रममा समेत सदरमुकाम तानसेन भन्दा बाहिरका विद्यालयहरुका बालबालिकाको प्रयोग बढ्दै गएको छ ।
संवेदनशील विषयमा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय इकाइ मौन रहेका कारण बालबालिकाको प्रयोग बढेको स्थानीयहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?