ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौः सभामुख

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

देउखुरी (दाङ्ग), ३ असोज ।

लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तीनै तह गम्भीर र जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

संविधान दिवस – २०८० को अवसरमा वुधवार विहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संविधान कार्यान्वयनमा देखिएको कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे । उनले संविधान कार्यान्वयनको क्रममा भएका कमीकमजोरी सम्वन्धी खवरदारीको रुपमा आएका जनताको सकारात्मक सुझावहरुले संविधान र संघीयतालाई थप परिस्कृत बनाउने बताए ।

नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा मुलुकले नयां संविधान पाएको र नयां संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पनि अभ्यास भइरहेको बताउँदै सभामुख घर्ती मगरले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहले आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताए । उनले लुम्विनी पदेश सभा संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै जनचाहना अनुसार ऐन कानुन निर्माण गरिरहेको पनि बताएका छन् ।

उनले संविधानले सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व गरेको र सामाजिक न्याय सहितको लोकतान्त्रिक मूल्य मान्यता समेटिएकाले यो संविधान अहिले सम्मकै उत्कृष्ट र जनमैत्री संविधान भएको दावी गरे । उनले संघीयता कार्यान्वयनको प्रमुख कडीको रुपमा रहेको यो संविधान नेपाली जनताको भविष्य निर्धारक पनि भएको शुभकामना सन्देशमा उल्लेख गरेको छ ।

“जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ८ बर्ष पूरा भएको सुखद अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा–बुवा दिदी–बहिनी एवम् दाजु–भाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको संविधान निर्माण र कार्यान्वयनको ७६ वर्ष (२००४–२०८०)को इतिहासमा यो दिन निकै महत्वपूर्ण दिन हो । संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका क्रान्ति, आन्दोलन र संघर्षमा जीवन अर्पण गर्नु हुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै घाइते, अपाङ्ग एवम् बेपत्ता योद्धाहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । संविधान निर्माण प्रक्रियामा योगदान गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?