ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

सुदूरपश्चिममा ‘लम्पी स्किन’ को प्रकोप : ३ लाख ४६ हजार पशु सङ्क्रमित, १४ हजार बढी मरे

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार

धनगढी, २ असोज ।

सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्किन’को प्रकोपबाट १४ हजार ३ सय ९० पशु चौपाया मरेका छन् भने ३ लाख ४६ हजार ८ सय ८ पशु सङ्क्रमित अवस्थामा छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी ६ हजार ९५ गाई त्यसै गरी क्रमशः ४ हजार ७ सय ८६ गोरु,३ हजार ७ सय ११ बाच्छा–बाच्छी र सबै भन्दा कम ९८ भैँसी मरेका छन् । बैतडीमा सबै भन्दा बढी ३ हजार ४ सय ४९ र कञ्चनपुरमा सबै भन्दा कम १ सय १९ पशु मरेका छन् ।

सङ्क्रमित पशुहरूमा पनि गाई गोरुकै सङ्ख्या बढी छ । निर्देशनालयले दिएको जानकारी अनुसार १ लाख ५२ हजार ८ सय २९ गाई, १ लख ११ हजार ९ सय २७ गोरु, ७१ हजार ५ सय २२ बाच्छा–बाच्छी र १० हजार ५ सय ३० भैँसीमा लम्पी स्किनको सङ्क्रमण छ । सङ्क्रमित पशुको सङ्खया पनि सबैभन्दा बढी बैतडीमा ७० हजार ९ सय ४० र सबै भन्दा कम कञ्चनपुरमा २ हजार ६ सय १५ पशुमा सङ्क्रमण छ ।

रोग नियन्त्रणका लागि हाल सम्म प्रदेशभर ७ हजार १ सय १७ पशुमा खोप लगाइसकेको निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । ‘हामीले किसानहरूलाई रोग फैलिन नदिन पशुको सरसफाइमा ध्यान दिन भनेका छौँ । उहाँहरूलाई जनचेतना फैलाइरहेकाछौँ सरकारका तर्फबाट खोप लगाउने कार्य पनि जारी छ,’ उनले भने ।

हाल सम्म कैलालीमा ५ हजार ८ सय, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा खोप लगाइएको छ ।

‘चिन्तित किसान’

सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू चिन्तित छन् । रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको उनीहरूको भनाई छ । ‘गाई पालन गरेको थिए । मेरो गोठमा १२ गाई थिए। लम्पी स्किनबाट ४ मरे ६ वटामा सङ्क्रमण देखिएको छ । मलाई निकै घाटा लाग्यो सरकारबाट पनि सहयोग पाइन्,’ बैतडी पाटनका गणेश चन्दले भने ।

पशुहरूमा देखिएको रोग नियन्त्रणका लागी सरकारले उपचारमा बिशेष ध्यान दिनुपर्ने किसानहरूको माग छ । ‘लम्पीस्किन रोगबाट पशुचौपाय धमाधम मर्दै गइरहेका छन् । हामी किसानहरूलाई निकै घाटा भयो, सरकारले तत्काल खोप र उपचारमा सहयोग गर्नुप¥यो,’ कैलाली घोडाघोडीकी सपना कुँवरले भनिन्, ‘मरेका पशुहरूको पनि सरकारले क्षति पूर्ति दिनुपर्छ ।’

लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने र मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनुपर्ने अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।

‘लम्पी स्किन रोगबाट हजारौँ पशु चौपाया मरेका लाखौँ अझै सङ्क्रमित छन् । किसानहरूको अर्वको धनमाल नष्ट भएको छ । सङ्घीय र प्रदेश सरकार यो समस्यासँग चिन्तित छैनन् । कृषकका समस्या समाधान गर्नुको सट्टा भारतमा ७ रुपैयाँमा उत्पादन भएको भ्याक्सिनलाई १ सय २० रुपैयाँमा निर्यात गरी किसानमाथि कालोबजारी गरी ५ सय रुपैयाँ सम्म बेचिरहेका छन्’,महासङ्घका अध्यक्ष रेग्मीले भने,‘सरकारले लम्पी स्किन रोगलाई महामारीका रूपमा घोषणा गरी व्यवस्थापन गर्दैन भने हामी आन्दोलनका कार्यक्रम चर्काउँछौ ।’

रोकथाममा चुक्यो सरकार

सुदूरपश्चिममा हजारौँ पशु चौपाया लम्पी स्किन रोगबाट मरिसक्दा समेत प्रदेश सरकारबाट रोकथामको ठोस पहल हुन सकेको छैन ।

प्रदेशका ९ वटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको भए पनि प्रदेश सरकारले रोग नियन्त्रणविरुद्ध प्रभावकारी पहल भएको छैन ।

आफ्नै बजेटबाट खोप खरिद गर्न सक्ने कार्यविधि भए पनि प्रदेश सरकार खोपका लागि समेत केन्द्र सरकारको भर परिरहेको छ । ‘हामीले खोप खरिद गरेका छैनौँ । केन्द्र सरकारले खरिद गरेर पठाउँला र स्थानीय तहसँगको समन्वयमा हामीले खोप लगाउला भन्ने मनसायमा थियौँ । खोप नै पुगेको छैन,‘ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि प्रसारक अधिकृत टिकाराम थापाले भने, ‘अहिले त रोगको सङ्क्रमण पनि घट्दै गइरहेको छ ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भने लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको दाबी गरे । ‘सुदूरपश्चिम प्रदेशमा यो रोगबाट मृत्यु भएका र सङ्क्रमित पशुहरूको तथ्याङ्क सङ्कलन गरी यसको नियन्त्रणका लागी बजेट व्यवस्थापनको काम भइरहेको छ । कार्ययोजना तयार गरी विपद् सङ्कटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागी मन्त्रालयबाट प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री चौधरीले भने ।

लम्पी स्किन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिँगा, किर्नालगायतबाट सर्ने गरेको छ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?