ट्रेंडिंग:

>> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड स्वाहा, गुड्दैनन् गाडी

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार

पाल्पा, २ असोज ।

जोखिमयुक्त सडकको विकल्प भन्दै नयाँ निर्माण गरेको सडकमा लुम्बिनी प्रदेश सरकारको लगानी वालुवामा पानी जस्तै भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान–सिद्धबाबा खण्ड जोखिम युक्त भएपछि विकल्पको रुपमा नयाँ सडक निर्माण गरिएको छ । पाल्पाको तिनाउँ गाउँपालिका झुम्सादेखि वुटवल उप नगरपालिकाको चरङ्गे जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७५—०७६ देखि निर्माण कार्य सुरु गरेको सडक खण्डमा लगानी व्यर्थ हुँदा बालुवामा पानी खन्याए जस्तै भएको हो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले भौगोलिक भू बनोटका विषयमा संभाव्यता अध्ययनबिना निर्माण कार्य आरम्भ गरेको हो । तत्कालीन सरकारका मन्त्रीले सडक उद्घाटन गरेपनि हाल सम्म न सडकको स्तरोन्नती हुन सकेको छ न त यस सडकमा गाडी गुड्न सक्ने अवस्था छ । सडक निर्माणको कार्य आरम्भ भएपछि पहिरोको उच्च जोखिम संगै वन विनासको पनि क्रम बढेको स्थानीयहरुको भनाई रहेको छ ।

वैकल्पिक सडक खुल्यो भनेर सरकारका मन्त्री, स्थानीय सरकारका प्रमुख, संचारकर्मीले माला त लगाए । त्यसैवर्षको वर्षातदेखि पहिरो जाने क्रम बढेको, पहिरोको कारण पुरै बस्ती नै जोखिममा परेको, अधिकांश खेतीयोग्य जमिन सथै वन पनि भासिदै गएको यस क्षेत्रको सडकको संजालले विकास होला भन्दा झनै विनासतिर बढ्दै गएको स्थानीय टेक बहादुर नेपाली बताउँछन् ।

यो सडक निर्माण गर्दा ठुला ठुला मेसिनको प्रयोगका कारण जमिनको तल्लो भाग खलबलिएको, सधैका लागि बाढी, पहिरोका कारण क्षति हँुदै गयो । यो क्षेत्र भौगोलिक भूबनोट अनुरुप चुरे क्षेत्रमा पर्दछ । चुरे भन्ना साथ अत्यन्तै कमजोर भूभागमा पर्दछ । मेसिनको प्रयोग गर्न नहुने ठाउँमा ठुला ठुला मेसिनको प्रयोगका कारण पहिरोले क्षति भएको स्थानीय राम बहादुर विश्वकर्मा बताउँछन् ।

सडकका कारण दर्जनौ स्थानमा पहिरो गएको र ठुला ठुला रुखहरु ढलेका छन् । पहिरोका कारण जमिनको क्षति बढ्दै गएको स्थानीयहरुको दावी रहेको छ ।

दोभान सिद्धबाबा मृत्यू मार्ग भनेर चिनिन्छ । यसको विकल्पमा सुरक्षित मार्ग भन्दै यस क्षेत्रको सडक निर्माण गरिएको हो । तर भौगोलिक अध्ययन बिना हतार हतार लोकप्रियताको लागि काम गर्दा असफल योजनाभित्र परेको सडक पूर्वाधार कार्यालयका प्राविधिकहरु बताउँछन् ।

यस सडकको कुल लम्बाई २१ किलोमिटर पर्दछ । झुम्सादेखि रुपन्देहीको सिमाना चौकीभज्याङ सम्म कालोपत्रे, ग्राभेल खोलामा, मोटरेबल पुल निर्माण, कल्भर्ट निर्माणको कार्य पूरा भएको सडक कार्यालयका प्रमुख अरुण गुप्ता बताउँछन् । यस सडक खण्डमा ४ वटा पुल निर्माणको कार्य अगाडि बढिसकेकोे छ ।

पाल्पा खण्डमा भन्दा रुपन्देही खण्डमा जोखिम अधिक छ । “पाल्पा खण्डमा समेत विगतमा समस्या परेको थियो”–उनले भने । यस सडक खण्डमा रुपन्देहीबाट हाल सम्म २० करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

सडक कार्यालयका रुपन्देहीका एक प्राविधिकका अनुसार यो सडक त प्राविधिकहरुका लागि टाउको दुखाईको विषय नै भएको छ । भूगर्भविदका अनुसार सफल हुने योजना नै होइन । त्यसैमाथि सरकारले बजेट कम मात्रामा विनियोजन गर्दा पनि समस्या परेको हो । दर्जनौ स्थानमा पहिरो गएको छ कति ठाउँमा त पहिरो हटाउनै समस्या छ । “पहिरोलाई तलबाट हटाउँदा माथिबाट झर्ने संभावना उत्तिकै छ । एकपटक पहिरो हटाएको ठाउँमा फेरि झर्छ । समस्या यस्तो भएको कारण असफल भएको हो”– उनले भने ।

स्थानीय पार्वती दर्लामी भन्छिन्, “आफ्नै घर अगाडिबाट मोटर गुड्ने भयो, कृषि उपज बजार सम्म पुर्याउन सजिलो हुने भयो भन्ने थियो । यस्ता सुखका सपना देख्नु मात्र भयो । मोटरबाटोको कारण पैदल हिड्ने बाटो पनि हरायो । वर्षातको समयमा पैदलै हिड्न पनि कठिन भयो ।”

पहिले पहिले पुर्खाको समयदेखि हिडेको बाटो समेत पहिरोको कारण हरायो । विकासका कारण घर बस्ती समेत नै पहिरोको जोखिममा पर्न लागेको छ । पुरै बस्ती नै उठ्न लाग्दा समेत कहीं कतै पनि सुनुवाई हुन सकेको छैन । विकासका नाममा यो बस्ती केही वर्षपछि उजाडिने स्थानीय बुद्धिबहादुर विश्वकर्मा बताउँछन् । खानेपानीको धारा घरै नजिक थियो अहिले भासिएर १० मिटर तल पुगेको छ । सरकारको यो योजनामा लगानी विकासका लागि नभएर विनासका लागि भएको स्थानीयहरुको भनाई रहेको छ ।

भुगर्भ सम्वन्धी जानकार प्राविधिकका अनुसार यस क्षेत्रका जमिन अत्यन्तै कमजोर हुन्छन । यस्ता जमिनमा ठुला ठुला कोदालोले सम्म खन्न हुँदैन । सडक निर्माण गर्नु भन्दा अगाडि संभाव्यताको अध्ययन गर्नुपथ्र्यो । भुगोल र भौगर्भिक क्षेत्रका जानकार जो कोहीले पनि यस्ता क्षेत्रमा उपयुक्त ठान्दैनन् । यसको त अन्य वैकल्पिक उपायहरु खोज्नु पथ्र्यो । त्यसैगरी साना साना मेसिनहरु प्रयोग गर्नु पथ्र्यो । “ठूला मेसिनको प्रयोगको कम्पनको कारण क्षति भएको हो, यो सफल हुने योजना नै होइन”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?