ट्रेंडिंग:

>> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु 

चरन क्षेत्र अभाव हुँदा हराउँदै भेंडापालन व्यवसाय

३१ भाद्र २०८०, आइतबार
३१ भाद्र २०८०, आइतबार

पाल्पा, ३१ भदौ ।

धान खेतीयोग्य जमिन पछिल्लो समयमा आवासीय क्षेत्रमा परिवर्तन हुँदा चरनको समस्याका कारण भेडा व्यवसाय हराउँदै गएको छ । जिल्लाको माडी, रामपुर, हुँगी जस्ता ठाउँहरुमा बस्ने कुमाल समुदायको मुख्य आम्दानीको श्रोत भेडापालन व्यवसाय भएपनि पछिल्लो दशकमा भेडा चरनको ठाउँमा मानवीय बसोबास बढ्न थालेपछि त्यतिखेर व्यवसायको अस्तित्व नै समाप्त भएको स्थानीयहरुको भनाई रहेको छ ।

माडी फाँट आसपासको कसेनी, रुप्से चिदीपानी, हुँगी, पोखराथोक, चिर्तुङधारा, रामपुर फाँटको तिलपुर, बर्दले, तिलपुर जस्ता बस्तीका कुमाल समुदायले विशेष गरी कुमाल समुदायले भेडापालन गर्ने हो तर खेतमा धानवाली भित्र्याएपछि खाली जमिनमा भेडा चराएको देख्दा सिंगो फाँट नै सेताम्ये देखिन्थ्यो । तर पछिल्लो समयमा भेडा पाल्ने खेतमा बस्ती बस्यो । चरनको समस्या बिस्तारै बढ्दै गयो । त्यसले गर्दा यो पेशा तथा व्यवसाय क्रमिक रुपमा हराउँदै गएको रुप्सेका स्थानीय देव कुमार कुमाल बताउँछन् ।

भेडापालन पुरानो व्यवसाय नै हो । यसबाट कृषकले राम्रो आम्दानी गर्न सफल भएका थिए । सबैका घर घरमा २० देखि ४० वटा सम्म हुन्थे । हिउँदको समयमा भेंडाको रौं काट्न उत्तरी क्षेत्रबाट आउँथे । एउटा परिवारले २०–३० हजार रुपैयाँसम्मको रौं मात्र बिक्री गर्थे । त्यसैगरी हाम्रो सनातन धर्म अनुसार पञ्चवली गर्दा भेडा अनिवार्य रुपमा हुन्थ्यो । पुजाका लागि थुमे (भाले) बिक्री गर्दा प्रति परवार १ लाख सम्म हुन्थ्यो । चरनको अभावका कारण हराउँदै जाँदा जसोतसो केहीले मात्र निरन्तता दिएका छन् । कसेनीका लेख बहादुर कुमाल भन्छन्, “भेडाबाट आम्दानी लिने भनेको अव एकादेशको कथा जस्तै भएको छ ।”

आम्दानी राम्रो भनेर पनि भएन । यो व्यवसायप्रति नयाँ पुस्ताको खासै मन जान सकेन । जसोतसो पुरानो पुस्ताले निरन्तरता दिएका छन् । नगरभित्र शुन्य जस्तो त भएको छैन सय, पचासवटा खोजे भने भेटिन्छ । पहिले पचास वटा पालन गरेकाहरुले अहिले १०–२० मा झरेको छ । चरनको व्यवस्था भए यसबाट कृषकहरुले मासु, ऊन र मलबाट राम्रो आम्दानी गर्ने अवसर आउने रामपुका स्थानीय खुमबहादुर कुमाल बताउँछन् ।

पहिले पहिले खेतमा भेडा मात्र होइन । गाई गोरु चराउने प्रचलन थियो । खेतमा रासायनिक मलको प्रयोग अत्यन्त न्युन मात्रामा हुन्थ्यो । भेडा गाई गोरुको गोबर मलका कारण वाली उत्पादन राम्रो नै हुन्थ्यो । तर पछिल्लो समयमा चरनको समस्याका कारण गाई गोरु, भेडा हराउन पुगे । पछिका दिनमा खेत समेत रुखिदै गएको पोखराथोकका पुराना पुस्ताका मोहनलाल गैरे बताउँछन् ।

“भेडाबाट राम्रो आम्दानी लिने अवसर भएपनि चरनको समस्या छ । यो फेरि बाख्रा जस्तो होइन वनजंगल भन्दा समथर खेतमा चर्न रमाउने भएकाले खेतमा चराउने हो । त्यसैगरी बाख्रा जस्तो थुनेर राख्ने पनि होइन । यो पशु बधुवा हुँदा समस्या पनि भएको हो”–उनले भने ।

व्यावसायिक रुपमा पालन गर्ने फर्म दर्ता गरेर स्थानीय सरकारसँग आए खोर निर्माणदेखि अन्य क्षेत्रमा सहयोग गर्ने माथागढी सरकारका प्रमुख यम बहादुर चिदी बताउँछन् । भेडापालन व्यवसायप्रति आफु पनि अनभिज्ञ नभएकाले यसको प्रवद्र्धनका लागि सहयोग गर्ने हो तर त्यसका लागि कृषक नै अग्रसर हुनु पर्ने प्रमुख चिदी बताउँछन् ।

खाली जमिनमा घाँस रोपण कार्यलाई तीव्रता दिने हो भने घाँसको समस्या नै हुँदैन । कृषकमा इच्छा शक्ति भएको खण्डमा उन्नत जातको भेडाको पनि व्यवस्था गर्न सकिने बगनासकाली सरकारका प्रमुख सरस्वती चिदी बताउँछिन् ।

बाख्राको तुलनामा भेडाबाट फाइदा धेरै लिन सकिने र उन्नत तथा नश्ल सुधारबाट उत्पादन राम्रो लिन सकिने र त्यसैगरी प्रविधी पनि आधुनिक भएको खण्डमा रौं बिक्रीबाटै राम्रो आम्दानी लिन सकिने रुप्सेका पुराना कृषक नेत्र बहादुर सारु बताउँछन् । उत्पादन राम्रो लिनका लागि उन्नत जात र आधुनिक प्रविधीमा प्रवेश गर्न पर्दछ । परम्परागत प्रणाली बाट हुँदैन । व्यावसायिक रुपमा पालन गर्ने कृषकहरुलाई नगर सरकारले पूर्णरुपमा सहयोग गर्ने रामपुर नगर सरकारका प्रमुख रमण थापा बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?