ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

३१ भाद्र २०८०, आइतबार
३१ भाद्र २०८०, आइतबार

बुटवल, ३१ भदौ ।

आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ ।

बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर बजाएर सहभागीलाई दिनभर मनोरन्जन दिलाइएको हो ।

कार्यक्रममा कुनै ठूलो साउन्ड सिस्टमको व्यवस्था गरिएको थिएन न त कुनै ठूलो भोजभतेर नै थियो । तर दिनभर कार्यक्रममा सहभागीले आफै गीत गाए र नाचे अनि सहभागीहरुबाटै मादल तथा बाद्यबाधनको व्यवस्थापन गरिएको थियो । सहभागीहरुले गाउँको भण्डारथुम, तीनसल्ली, नेटाखर्क, कुटिकाचौर, देउरालीको डाँडामा जस्तै कार्यक्रम भएको भन्दै दिनभर मनोरन्जल लिँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रम गर्न सुझाएका थिए ।

कार्यक्रममा सहभागी हुन मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोखरेल, मरेङ्ग गाविसका पूर्वअध्यक्ष चूरामणि भुसाल, मालारानी वडा नं १ का पूर्व अध्यक्ष बालकृष्ण भुसाललगायत आएका थिए ।

मौलिक संस्कृती जोगाउनका लागि यसरी कार्यक्रम गरिएको सम्पर्क मन्चका अध्यक्ष रामप्रसाद आचार्यले बताए । कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले कर्म ठाउँमा रहेर जन्म ठाउँको संस्कृति संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरिन् । उनले गाउँको विकास र संरक्षणका लागि यस्ता बसाई र भेलाले आपसी आत्मियता बढाउने, लगानीको र सहयोग आदानप्रदानको भावनाको विकास गराउने बताइन् । उनले अब गाउँको बसाईमा पनि योगदान पुग्ने रचनात्मक कामहरुमा सहकार्य गर्नेगरी योजना बनाउन आग्रह गरिन् ।

कार्यक्रममा संरक्षक शालिकराम बन्जाडे, पूर्वअध्यक्ष दिनामणि उपाध्याय, ऋषि आजाद, होराइजन कलेजका प्रमुख गोपाल आचार्य, सान्दे मिलन महिला समूहका पूर्व अध्यक्ष कमला ज्ञवाली, संस्थाका सचिव उमेश कुँवरलगायतले परम्परागत संस्कृति संरक्षणका लागि मन्चले यस्तै रचनात्मक कार्यक्रम गर्न सुझाव दिएका थिए । कार्यक्रमको शुभारम्भ सहभागी अग्रज महिला यमकला बस्नेत, बालकुमारी आचार्य, बालकुमारी भुसालले गीत गाएर नाचेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?