Butwal Today

असहाय र विपन्न विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

३१ भाद्र २०८०, आइतबार
अ+
अ-

बुटवल,३१ भदौ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा १ सय १० जना गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई झोला र शैक्षिक सामग्री
वितरण गरिएको छ ।

पहिलो पाइला नेपाल बुटवल शाखाले सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ झोला र शैक्षिक सामग्री वितरण गरेको हो ।

पहिलो पाईला नेपालको शिक्षा अभियान अन्तर्गत सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला,भुमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख टोपलाल सापकोटा, वडा नं ३का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, वडा सदस्यहरु होम बहादुर सुनार, दासु राम भुसाल, बिस्नु सुवाल, नरेन्द्र पाण्डे, सिद्धार्थ आधारभुत बिद्यालयका प्रअ खेमराज भाट,शंकर जनसेवा आधारभुत बिद्यालयका प्रअ सालिकराम खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य, धारापानी प्रहरी चौकि प्रमुख राम दास कोहार, पहिलो पाइला बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्याल, सल्लाहकार शंकर बस्याल लगाएतले गैर सरकारी संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गरेको सहयोगले उनीहरुको अध्ययनमा टेवा पुग्ने बताए । गाउँमा बढ्दै गरेको बसाइँसराइ रोक्न र सामुदायिक विद्यालयहरुमा खस्कँदै गरेको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने कार्यक्रमका वक्ताहरुको जोड थियो ।

शैक्षिक तथा सरसफाइ सामग्री प्राप्त गरेपछि विद्यार्थीहरु समीप नेपाली , करिश्मा बिक लगायतले खुशी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?