Butwal Today

सिटिजन्स बैंकले सेयरधनीलाई ५.७९ नगद लाभांश दिने

३१ भाद्र २०८०, आइतबार
अ+
अ-

बुटवल,३१ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिको भदौ ३१ गते आइतबार बिहान बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट यसअघि माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंकले पनि लाभांश प्रस्ताव गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?