Butwal Today

सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुंदा आमा छोरीको मृत्यु

३० भाद्र २०८०, शनिबार
अ+
अ-

सल्यान,३० भदौ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका २ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।
के कारणले आगलागी भयो भन्ने स्पष्ट खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने देखिन्छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?