ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

खेल विकास गर्न आन्तरिक ब्याडमिन्टन प्रतियोगिता

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

बुटवल, ३० भदौ ।

न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका खेलाडीहरुबीच खेल विकास गर्न आन्तरिक प्रतियोगिता २०८० सम्पन्न भएको छ । खेलाडीको रेकिङ अनुसार क्लबका सदस्यहरुको ३ समूहमा विभाजन गरेर शनिबार क्लबमा प्रतियोगिता खेलाईएको हो ।

प्रतियोगिता अन्तर्गत दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडी, समूह (बी) मा दिनेश कुमार प्रधान र बोम बहादुर थापाको जोडी र उमाशंकर मालपानी र प्रेम न्यौपानेको जोडी विजयी भए ।

न्यू ब्याडमिन्टन क्लबको हलमा भएको समूह (ए) को फाईनलमा दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडीले बोनिन पिया र किरण थापाको जोडीलाई २–१ को सेटमा जित निकाल्दै उपाधि जिते । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट पिया र थापाको जोडीले २१–१८ को अंकले जित निकाले । तर दोस्रो सेट आचार्य र अधिकारीको जोडीले खेल २१–१४ को अंकले जित निकाल्दै खेल बराबरीमा ल्याए । तेस्रो सेटमा आचार्य र अधिकारीको जोडीले खेल २१–१५ को सेटमा जित निकाल्दै उपाधि जिते । समूह ए मा रोहित पुरी र नारायण तिवारीको जोडी तेस्रो भए ।

यसैगरी समूह (बी) मा दिनेश कुमार प्रधान र बोम बहादुर थापाको जोडीले कमल ज्ञवालीले र रमेश पाण्डेको जोडीलाई २–० को सेटमा पराजित गर्दै प्रथम भएका छन् । कमल ज्ञवालीले र रमेश पाण्डेको जोडी उपविजेतामा चित्त बुझाए । समूहमा नरेश कुमार श्रेष्ठ र दल बहादुर गाहा तेस्रो भए ।

समुह (सी) मा उमाशंकर मालपानी र प्रेम न्यौपानेको जोडीले फाईनल खेलमा महेन्द्र ध्वजु र कृष्ण खनालको जोडीलाई २–१ को सेटमा पराजित गर्दै विजेता बने । महेन्द्र ध्वजु र कृष्ण खनालको जोडी उपविजेतामा चित्त बुझाए । यसैगरी यो समूहमा धनकुमार श्रेष्ठ र हरिशंकर गुप्ता र दिलिप सापकोटा र विजय खनाल तेस्रो भए ।

प्रतियोगितामा समूह (सी) मा ४ टिम, (बी) ११ टिम र (ए) मा ६ टिमले भाग लिएको क्लबका सहकोषाध्यक्ष तथा संयोजक गोविन्द श्रेष्ठले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष बोनिन पियाले खेल सबै उमेर समूहलाई आवश्यक पर्ने भन्दै खेलकुद शारीरिक र मानसिक विकासमा मद्दत मिल्ने बताए ।

एक समारोहका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै नियमित खेलकुद गतिविधि र प्रतियोगिताबाट नै खेल विकास हुने बताए । यसमा सरोकारवाला निकाय खेल विकासमा लाग्नुपर्ने उनले सुझाव दिए । नेपालमा ब्याडमिन्टन खेलको लोकप्रियता बढेको भन्दै नेपालमा सरकारको प्राथमिकताको ११ खेलमा ब्याडमिन्टन पर्ने उनले बताए ।

कार्यक्रममा महासचिव जीवकान्त काफ्लेले ब्यस्त जीवनबाट समय निकालेर खेल खेल्दा फाईदा मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?