ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बर्दगोरीया मन्दिरमा आइतबार र सोमबार तीज मेला, ५ लाख श्रद्धालु सहभागी हुने

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

सुनवल, ३० भदौ ।

हरेक वर्ष जस्तै यसवर्ष पनि पश्चिम नवलपरासीको सुनवल ११ केरवानीमा रहेको बाबा बर्दगोरीया मन्दिरमा आइतबारबाट तीज मेला सुरु हुदै छ । आइतबार दर खाने दिन र सोमबार हरितालिका तीजको दिन गरी दुई दिन सम्म मेला चल्ने छ ।

मेलाको आवश्यक तयारी पूरा भएको बाबा बर्दगोरीया धाम विकास संस्थाका सचिव लेखनाथ ढकालले जानकारी दिए । श्रद्धालुहरुको धेरै भिड हुने भएकाले मेला व्यवस्थापनका लागि विभिन्न १२ उपसमिति बनाएर तयारी भइरहेको छ । मेलामा बाल उद्यान सहितको रमाईलो मेला, कुस्ती प्रतियोगिता लगायतका आकर्षण रहेका छन् । मेलामा ५ लाख बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ । मेलामा सवारी साधनको व्यापक भिड हुने भएकाले पार्किङ्ग व्यवस्थापनका लागि टेन्डर नै आह्वान गरिएको थियो । सोही अनुरुप १ लाख १६ हजार ७ सय ५० रुपैयाँमा सवारी पार्किङ्ग टेन्डर स्वीकृत भएको सचिव ढकालले जानकारी दिए ।

धाम विकास संस्थाले आइतबार र सोमबार मेलाका लागि हुने भिडभाडलाई मध्यनजर गर्दै भुमही चोकदेखि मन्दिरसम्म र सुनवल १३ बडेरा देखि मन्दिर जाने सडकमा कुनै पनि पार्किङ्ग, ठेला पसल व्यवस्था नगर्न अनुरोध गरेको छ । बढी भिडभाड हुने भएकाले सवारी साधन पार्किङ्गका लागि बाबा बर्दगोरीया आधारभूत विद्यालय र हिरागंजको उत्तरतर्फ जंगलमा व्यवस्था गरिएको छ । मेलामा नवलपरासी सहित छिमेकी जिल्ला र भारतबाट समेत मानिसहरु आउने गर्दछन् ।

धार्मिक तथा पर्यटकीय आस्थाको केन्द्र रहेको शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित बाबा बर्दगोरीया धाममा दाहिनेतर्फ पानभार खोला र बायाँतर्फ भूमही खोला रहेका छन् । उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ । यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो मामीसती सबरिया मन्दिर । बाबा बर्दगोरीया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुवै मन्दिरको इतिहास एउटै रहेको स्थानीय बताउँछन् । बाबा बर्दगोरीया मन्दिर परिसरमा एतिहासिक तथा पुरातात्विक महत्वका विभिन्न भग्नावशेष भेटिएपछि पुरातत्व विभागको टोलीले केही महिना अगाडि उत्खनन् समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?