ट्रेंडिंग:

>> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन

पूर्वी नवलपरासीमा माछापालन गर्ने किसान बढे

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

नवलपुर, ३० भदौ ।

पूर्वी नवलपरासीमा माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा गत बर्ष व्यावसायिक माछा पोखरीको क्षेत्रफलमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीको तथ्याङ्कले देखाएको छ ।

मत्य विकास कार्यालयका अनुुसार अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा एक सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा उक्त क्षेत्रफलमा वृद्धि भएर दुई सय १० हेक्टर पुगेको थियो । एक वर्षको अन्तरालमा करिब ३० हेक्टर क्षेत्रफल बृद्धि भएको छ ।

सात सय हेक्टर क्षेत्रफलमा प्राकृतिक पोखरीमै किसानले माछा पालन गर्दै आएका छन् । गत वर्ष कार्यालयको अनुदान मार्फत् ५२ रोपनीमा नयाँ पोखरी विस्तार गरिएको छ । जिल्लामा माछा उत्पादनमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आठ सय ९५ मेट्रिक टन उत्पादन भएको थियो भने पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५५५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढी हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने जनाइएको छ । जिल्लामा कार्यालय स्थापनापछि माछा पालनतर्फ प्रत्यक्ष रुपमा विभिन्न अनुदानका कार्यक्रम समेत उपलब्ध गराएका कारणले समेत माछा पालनमा किसानहरुले रुची देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष समेत कार्यालयले नयाँ माछा पोखरी निर्माण, पुरानो मर्मत र माछाका भुरामा आवश्यक अनुदान दिने जनाएको छ ।

यहाँका स्थानीय तहले समेत माछा पालन पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराउँदै आएका छन् । कावासोती र देवचुलीको विभिन्न वडालाई माछा पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराईदै आएको छ । जिल्लाको कावासोती, देवचुली र मध्यविन्दुमा माछा पालन गर्ने किसानको संख्या बढिरहेको लामिछानेले बताए ।

यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा माछाको ल्याव स्थापना गरिने भएको छ । दशैअघि नै ल्याव स्थापना गर्नेगरी कार्य अघि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । कार्यालय हाताभित्र नै ल्याव स्थापना गरिने छ ।

ल्यावका लागि आवश्यक सामग्री खरीद गर्ने क्रममा रहेको छ । अहिले माछा पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरुले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका छन् । जिल्लामा ल्याव नहुँदा माछापालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याव स्थापना हुने भएपछि माछापालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मद्दत् पुग्ने माछा कृषक ईन्द्रमणि भुसालले बताए ।

बाहिरबाट आउने माछामा फर्मालिनको अत्यधिक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ ।

ल्याव स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने लामिछानेले बताए । यस्तै पोखरीको पानीको गुणस्तर जाँच, माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याव स्थापनापछि जिल्लाका माछापालक किसान लाभान्वित हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?