ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘टिलापीया’ मा किसानको मन

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

बुटवल, ३० भदौ। रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ मोहनगञ्जका दिनानाथ थारुले पहिलो पटक रूपन्देहीमा टिलापीया माछाको परिक्षण गरिरहेका छन् । प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई रूपन्देहीको सहयोगमा १० हजार भुरा हालेर परिक्षण गरेका माछाको बृद्धि सकारात्मक पाइएको छ ।

गर्मी मौसममा, अक्सीजनको मात्रा कम भएपनि बाँच्ने प्रजातीको रूपमा रहेको टिलापीया मोनोसेट माछाको परिक्षण रूपन्देहीमा पहिलो पटक गरिएको हो । उत्पादन समेत राम्रो रहेको यो माछाको परिक्षण सफल भए पश्चात अन्य किसानहरूलाई समेत विस्तार गरिने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाले जनाएको छ ।

डी एन् फिस एण्ड एग्रो फार्म प्रालि सियारी ६ मोहनगञ्जमा परिक्षणको रूपमा ३ महिना पहिला पाखेरीमा भुरा राखीएकोमा अहिले सम्म २ सय ५० ग्राम सम्मको भएको फार्म सञ्चालक दिनानाथ चौधरी बताउँछन् । यो माछालाई अक्सीजनको मात्रा समेत कम भएको बेलामा पनि सहजै रूपमा बाच्ँन सक्ने, बृद्धि विकास समेत सहज हुने भएको कारण किसानको लागि रोजाई बन्न सक्ने उनको भनाई छ । उनी भन्छन्–‘अहिले सम्म अन्य माछा जस्तै ग्रोथ (बृद्धि) भएको छ, ६ महिनामा आधा किलो जतिको भएमा राम्रो हुने अपेक्षा छ ।’

१० कठ्ठाको पोखरीमा १० हजार भुारा राखीएको थियो ।जसको बेला बेलामा माछाको तौल, अवस्था, उत्पादनको स्तर मापन गरी रेकर्ड राख्ने समेत गरिएको छ । माछाले हालेको दानाको परिणाम समेत लिएर सोही अनुसारको उत्पादन लागत समेत निर्धाण गरिने भएको हो ।
रूपन्देही जिल्लाको सियारी, शुद्धोधन, मायादेवी गाउँपालिकामा माछापालन गर्ने किसानहरूको संख्या समेत बढि छ । यो क्षेत्रमा माछाका परिकार पाक्ने रेष्टुरेन्टहरू समेत प्रसस्त मात्रामा खुल्दै गएका छन् ।

किसानले पोखरीमा अक्सीजनको मात्रा नियमित चेक गर्नु नपर्ने, पानीको मात्रामा अक्सीजनको कमी भएमा आत्तीहाल्नुपर्ने अवस्था समेत नरहेको कारण टिलापीया माछा किसान मैत्री माछा भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषाल बताउँछन् । उनले कम अक्सीजनमा उत्पादन दिन सक्ने भएको कारण किसानले एरिएटर मेसीन चलाउनुपर्ने, पानी पटक पटक परिर्वतन गर्नुपर्ने अवस्था यसमा नरहेको बताउँछन् ।

टिलापीया माछा अन्य माछाभन्दा आकारमा सानो भएको कारण स्वाद समेत राम्रो रहेको प्रमुख भुषालको भनाई रहेको छ । उनी भन्छन्–‘पटक पटक एरिएटर मेसीन चलाउनु नपर्ने भएको कारण किसानको विद्युत लागत समेत कम हुन्छ, उत्पादन समेत राम्रो हुने भएको कराण यसको व्यवसायीकता राम्रो छ ।’ गर्मीमा सहज रूपमा हुकर्ने जातको टिलापीया माछा जाडो सिजनमा भने मर्ने संभावना रहेको रहेको कारण जाडो मौसम सुरु हुन भन्दा पहिला नै हार्भेष्ट गर्नुपर्ने प्राविधिकहरूको भनाइ छ ।

पानीको नियमित स्रोत नभएको स्थानमा समेत टिलापिया माछा पोखरीमा पाल्न सकिन्छ । प्रति कठ्ठा १५ सय देखि २ हजार सम्म राख्न सकिने यो माछा ५ सय ग्राम (आधा किलो) सम्मको हुन्छ । तातो पानीमा हुकर्ने भएको कारण अन्य माछा भन्दा छिटो उत्पादन बृद्धि हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई भैरहवाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नारायण प्रसाद काफ्लेका अनुसार यो माछाको उत्पादन अन्य भन्दा ४ देखि ५ गुणा बढि हुने अपेक्षा गरिएको छ । सियारी गाउँपालिकामा २ स्थानमा किसानको पोखरीमा परिक्षण गरिएको यो माछाको सफल परिक्षण पश्चात अन्य स्थानमा समेत विस्तार गर्ने योजना रहेको प्रमुख काफ्लेको भनाइ रहेको छ ।

कसरी पालिन्छ टिलापीया ?
१. टिलापीया – सहर :
यस पद्धतिमा भाले र पोथी मिश्रित ५ – १० ग्राम तौल भएका टिलापिया र सहर माछाका भुरालाई क्रमश २०,००० र १२५० गोटा (१ ः १६) प्रति हेक्टरका दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले दैनिक रूपमा खुवाईन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरका दरले क्रमश डी.ए.पि. र युरीया मल प्रत्येक साता हाल्ने गरिन्छ । यो तरीकाले प्रत्यक ४ – ६ महिनाको अवधिमा दुई चक्र गरि पाल्दा ४ – ५ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ । यस पद्धतीमा पालिएको सहर माछाले टिलापिया माछाको भुरा खाने हुँदा अत्याधिक भुरा उत्पादनको हैरानी बाट पनि जोगाउँछ ।
२. कार्प – टिलापिया – सहर :
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६ – ७ जातका कार्प माछामा, टिलापिया र सहर माछाका भुरालाई प्रति हेक्टर क्रमश १०,००० , ३००० र ५०० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रोटिनयुक्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरमा दरले क्रमश डी. ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यसरी माछा पाल्दा ५ – ६ टन ÷ हेक्टर ÷वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो पद्धति हाल नेपालमा प्रचलित कार्प माछा पालन पद्धतिकै विकास रूप हो । र नेपाली किसानले सहज रूपमा अपनाउन सक्छन् । सहर माछाको बिक्रि मूल्य हुने हुँदा यो पद्धति निकै किफायती हुन्छ ।
३. कार्प – टिलापिया
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६– ७ जातका कार्प माछा र एक लिंगीय भाले टिलापिया माछा प्रति हेक्टर क्रमश १०,००० र ३, ००० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटर का दरले क्रमश डि.ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई पटक माछा पालन गर्न सकिन्छ । यसरी माछा पालन गर्दा ५ – ६ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ । एक लिंगीय भाले टिलापियाको भुरा भरपर्दो ठाउँबाट ल्याउनु पर्ने हुन्छ ।
४. एक जातीय टिलापीया पालन :
यस पद्दतिमा ३ – ५ ग्रामको एक लिंगीय भाले टिलापियाका भुरालाई २०,००० माछा प्रति हेक्टरका दरले पोखरीमा राखिन्छ । यस पद्धतिमा पनि अन्य पद्धति जस्तै २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले क्रमश डी.ए.पि. र युरिया मल प्रत्यक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई चोटी माछापालन गर्न सकिन्छ । यसरी माछा पाल्दा ६ – ७ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ ।
५. पोखरीमा पिंजडा राखेर पालन :
यस पद्धतिमा पोखरी भित्र पिंजडा राखेर त्यसमा ठुला साइजका(१००–१५० ग्रामका) टिलापीया र बाहिर पोखरीमा साना साइजका २०–३० ग्रामका टिलापिया माछाका भुरा राखेर पालन गरिन्छ । पिंजडाभित्र ३० माछा प्रतिश घन मिटरका दरले राखिन्छ भने बाहिर २ माछा व्रति वर्ग मिटरका दरले माछा राखिन्छ । पोखरीको क्षेत्रफलको ३ प्रतिशत सम्म पिंजडाको क्षेत्रफल राख्न सकिन्छ । यस पद्धतिमा पिंजडा भित्रका माछालाई दाना खुवाइन्छ भने बाहिर भएका माछाले पिंजडामा खुवाईएको दानको कारणले उत्पादित प्राकृतिक आहार तथा खेर गएका दाना खान्छन् । माछा बेच्ने बेलामा पिंजडामा भएको ३००–५०० ग्रामका माछा बिक्रि गरेर बाहिर भएका माछालाई फेरी पिंजडामा राखेर पालन गरिन्छ । यसरी ५–६ महिनाको एक चक्र गरेर वर्षको दुई चक्र माछा पालन गर्न सकिन्छ । यस पद्धतिमा ८ टन÷हेक्टर÷वर्ष उत्पादन लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?