ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
कुष्ठरोग निवारणः

कागजमा भयो, कार्यान्वयन भएन

नवलपरासीमा क्षयरोग स्वास्थ्य समस्याको रूपमा देखिएको छ, रोगको पहिचान र निवारणमा प्रभावकारी काम हुन नसक्दा अहिले क्षयरोगीको संख्या बढ्दै गएको छ ।
३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

सुनवल, ३० भदौ । नेपालमा कुष्ठरोग निवारण घोषणा भएको एक दशक बढि बितिसक्दा पनि पश्चिम नवलपरासीमा कुष्ठरोगीको संख्या घट्न सकेको छैन । जिल्लामा ७० जना नयाँ कुष्ठरोगी थपिएका छन् भने पहिचान हुन नसकेको धेरै कुष्ठरोगी रहेको अनुमान गरिएको छ । स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत बजरंगी चौधरीले जिल्लामा कुष्ठरोगको भयावह अवस्था देखिएको बताए । गत आर्थिक वर्ष २०७९/०८० मा ७० जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७७ जना कुष्ठरोगी भेटिएका थिए ।

गत वर्ष प्रतापपुरमा बजेट अभावमा रोग पहिचानको काम प्रभावकारी नहुदा केही संख्या कम भएपनि कुष्ठरोगी बढ्दै गएको चौधरीले बताए । सबैभन्दा बढि बर्दघाटमा १७ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा ६ जना मात्र कुष्ठरोगी भेटिएकोमा गत आर्थिक वर्षमा यो संख्या ह्वात्तै बढेको हो । यसैगरी सुनवलमा १५, रामग्राममा ११, पाल्हीनन्दन र सरावलमा १०/१०, सुस्तामा ५ र प्रतापपुरमा २ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । १४ वर्ष मुनिका एक जना बालकमा पनि कुष्ठरोग देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुष्ठरोग पहिचानका लागि स्थानीय तहबाट प्रभावकारी रूपमा अझै पनि काम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । प्रभावकारी कार्यक्रम बनाएर स्थानीय तहले अभियानको रूपमा कुष्ठरोग पहिचानको काम गर्नुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जोड दिए । कुष्ठरोगी भएको थाहा पाउँदा पाउँदै पनि उपचारमा नआउनेको संख्या धेरै भएकाले जनचेतनाका कार्यक्रम संञ्चालन गर्नुपर्ने पनि विज्ञहरूले बताएका छन् ।
‘गाउँमा कुष्ठरोगि भएको थाहा पाएपछि सम्झाई बुझाई गर्दा समेत केही भएको छैन् किन जानु उपचार गर्न भन्ने धेरै छन् बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले भने, पछिल्लो पटक पहिचान गरी उपचारको दायरामा ल्याउनुनै मुख्य चुनौति भएको छ ।’ बारा जिल्लापछि नवलपरासीमा सबैभन्दा धेरै कुष्ठरोगी भेटिएका छन् स्वास्थ्य कार्यालय प्रमुख पन्थीले भने, सबैभन्दा बढि गम्भीर र जिम्मेवार स्थानीय तह बन्नुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । निवारण घोषणा भएसँगै नेपालमा कुष्ठरोगीको संख्यामा कम हुने, कुष्ठ प्रभावित व्यक्तिले नियमित उपचार सेवा पाउने सबैको विश्वास भएपनि त्यसो हुन नसक्दा रोगिको संख्या बढ्दै गएको छ । संघीय सरकारले पनि कुष्ठरोग निवारणमा प्रभावकारी रूपमा काम गर्न सकेको छैन ।

यसैगरी नवलपरासीमा क्षयरोग पनि गम्भिर स्वास्थ्य समस्याको रूपमा देखिएको छ । क्षयरोगको पहिचान र निवारणमा प्रभावकारी काम हुन नसक्दा अहिले क्षयरोगीको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार हाल जिल्लामा ४ सय ७० जना क्षयरोगि छन् भने गत आर्थिक वर्षमा १९ जना क्षयरोगीको मृत्यु भएको छ । गत वर्ष सुस्ता, पाल्हीनन्दन र प्रतापपुरमा क्षयरोगी पत्ता लगाउन शिविरनै सञ्चालन गरिएको थियो । क्षयरोगी पनि समयमै अस्पताल नआउने र अन्तिम समयमा मात्रै अस्पताल आउने गरेका कारण कतिपयको रोग निधानमा समस्या हुने गरेको छ ।

सरकारले २०५० सम्ममा क्षयरोग निवारण घोषणको लक्ष्य लिएर क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई अगाडी बढाएको छ । क्षयरोगको निदान र उपचार सेवा देश भरीका सबै स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । हरेक क्षयरोगीले १ वर्षमा १० देखि १५ जना स्वास्थ्य मानिसलाई क्षयरोग सार्न सक्छ । स्वास्थकर्मीका प्रत्यक्ष निगरानीमा उपचार (डट्स) विधि नीतिगत रूपम कार्यान्वयनमा ल्याएको छ । बिरामीले ६ महिनासम्म औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ, तर समयमै उपचार नगर्दा अर्को व्यक्तिमा सर्ने र रोग गम्भिर बन्दै जाने समस्या चुनौतिको रूपमा देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक नोदनारायण चौधरीले सबै पक्ष मिलेर रोग निवारणको अभियानमा लाग्नुपर्नेमा जोड दिए । नवलपरासीमा कुष्ठ रोग र क्षयरोगको अवस्था गम्भीर रहेकाले छिटो भन्दा छिटो रोगी खोजी गर्नेतर्फ लाग्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?