ट्रेंडिंग:

>> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित

२७ जना न्यायाधीश सिफारिशमा भागवण्डा

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

काठमाडौं,३० भदौ । उच्च अदालतका २७ जना न्यायाधीश नियुक्ति गर्दा दलीय मात्र नभइृ कानून व्यवसायी समेतलाई भागबण्डा भएको छ । जस अनुसार कानून व्यवसायीबाट ६ जनाले मौका पाएका छन् । न्यायपरिषदको विहीवारको बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यद्यपी अझै उच्च अदालतमा २७ जना न्यायाधीश खाली छन् । कानून मन्त्रालयबाट एकजना,सर्बोच्चबाट प्रशासनबाट एक जना र सरकारी वकिल समूहबाट एकजनाले कोटा पाउँदा बारले ६ जना पाएको हो ।

तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध आन्दोलनको नेतृत्व गरेका नेपाल बारका पूर्व अध्यक्षद्धय शम्भु थापा र चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा भाग पाएका छन् ।

थापाको ल फर्ममा काम गर्ने अधिवक्ता पुर्ण राजवंशी र चण्डेश्वरनिकट अर्जुन महर्जन उच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । राजवंशी शम्भु थापाको कोटाबाट परे पनि उनी न्यायाधीशका लागि योग्यतम व्यक्ति नै रहेको बारका एक पदाधिकारीले बताए ।

महर्जनलाई माओवादी कोटाबाट चण्डेश्वरले घुसाएका हुन् । त्यस्तै डोटीका अधिवक्ता गोविन्द जोशी प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठको कोटाबाट परेका हुन् ।

वकिलबाट सिफारिसमध्ये तनहुका यज्ञवहादुर राना र महोत्तरीका अच्युतम कुमार आचार्य कांग्रेसनिकट डिएलएबाट परेका छन् । राना नेपाली कांग्रेस तनहुका पूर्व जिल्ला कार्य समिति सदस्य समेत हुन् । कांग्रेस कोटाबाट न्यायपरिषदका पदेन सदस्य कानून मन्त्री धनराज गुरुङले यसपटक वलिकहरुबाट आधाभन्दा बढी आफ्ना मान्छे पार्न सफल भएका छन् ।

एक महिनादेखि लगातार न्यायपरिषद बैठक बसे पनि उच्च र सर्बोच्चको न्यायाधीश नियुक्ति हुन सकेको थिएन । यसअघि बनेको मापदण्ड बमोजिम गर्न प्रधान न्यायाधीश र कानूनमन्त्री सहमत थिएनन् । तर लामो समय रिक्त रहने भएपछि सम्झौताबाट नियुक्ति भएको बताइएको छ ।

सर्बोच्च अदालतको न्यायाधीश नियुक्ति थप पेचिलो बनेको छ । कांग्रेस र माओवादीले वकिलबाट आफ्ना मान्छे घुसाउन खोजेपछि थप समस्या भएको छ । प्रधान न्यायाधीश श्रेष्ठ र बरिष्ठतम न्यायाधीश ईश्वर खतिवडा उच्च अदालतका सिनियर न्यायाधीशलाई सर्बोच्चमा लैजाने पक्षमा देखिएका छन् । प्रधान न्यायाधीश विदेश भ्रमणमा जान लागेकाले आइतवार र सोमवारभित्र परिषद बैठक बसेर न्यायाधीश नियुक्तिको टुंगो लगाउने सम्भावना कम देखिएको छ ।

महिलाबाट परेका पुन्यशील दवाडी घिमिरे ल्याकमा कार्यरत थिइन् । उच्च अदालतको न्यायाधीश सिफारिसमा परेका योगेन्द्र प्रसाद साह र विनोद कुमार पोखरेल भने इजलास बस्नै नपाई अवकाशमा जाने भएका छन् ।

साह आगामी पुस ४ गते अवकाश हुँनेछन् भने पोखरेल मंसिर ९ गते अवकाशमा जानेछन् । जिल्ला न्यायाधीशबाट बढुवामा परेका यी दुवैजनाले एक महिना उच्च अदालतको न्यायाधीशको तालिम लिनुपर्ने हुन्छ ।

तालिम सकिदासम्म दशैं तिहार बिदा हुने र त्यसपछि इजलासमा बस्न नपाई अवकाशमा जानुपर्ने भएको छ । जिल्ला न्यायाधीशहरुमध्ये यसपटक उच्चको सिफारिसमा प्राय: बरिष्ठताकै आधारमा परेका छन् ।

जिल्ला न्यायाधीशको दोस्रो नम्बरमा रहेका महेन्द्रबहादुर कार्की,६ नम्बर रहेका गोपाल प्रसाद बास्तोला, १९ नम्बरका राजेन्द्र अधिकारी र २१ नम्बरमा रहेका गिरिराज गौतम भने छुटेका छन् ।

सर्वोच्च अदालतकी रजिष्टार निर्मला पौडेल न्यायाधीशका लागि सिफारिस हुनुपर्नेमा उनको पक्षमा उभिने कोही नभएपछि जुनियर नारायण रेग्मीले मौका पाएका छन् । रेग्मी क्यान्सरपीडित भएकाले मौका दिइएको न्यायपरिषद स्रोतले जनाएको छ ।

कानून मन्त्रालयबाट परेका सहसचिव सुशील कोइराला भने न्यायाधीशमा हुनुपर्ने आचारण नभएका व्यक्ति भनेर चिनिन्छिन् । स्वास्थ्य मन्त्रालयमा रहेका बेला कर्मचारीको कार्य सम्पादन मुल्यांकन सिफारिसमा समेत घुस लिएको आरोप लागेका कोइराला राजश्व असुली न्यायाधीकरणमा रहेका बेला थप आर्थिक विवादमा परेका व्यक्ति हुन् । उनलाई कांग्रेस नेताहरुको दबाबमा कानून मन्त्री धनराज गुरुङको जोडबलमा न्यायाधीश बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?