ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

लुम्बिनी प्रदेश सरकार बिरूद्व परेका मध्ये ८२ प्रतिशत मुद्दा फछर्यौट

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

बुटवल,२९ भदौ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७९–र८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ता डा.बुद्व बहादुर थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख कार्यालयमा बार्षिक प्रतिवेदन पेश गर्दै न्यायधिवक्ता थापाले प्रदेश सरकार बिरूद्व परेका मध्ये ८२ प्रतिशत मुद्दा फछर्यौट भएको बताउँदै यो सरकारको नै मुख्य सफलता भएका बताए । गतबर्षबाट जिम्मेवारी सरी आएका ८२ र चालु आर्थिक बर्षमा दर्ता भएका ६७ गरि १४९ मुद्दा रहेकोमा ५० वटा मुद्दा फछर्यौट भएको भन्दै उनले ५० मध्ये ४१ वटा रिट खारेज भएको र ९ वटामा रिट जारी भएको बताए । मुख्य न्याधिवक्ताको कार्यालयबाट निजामती कर्मचारी सहित हालसम्म ७३ बटा कानुन निर्माण भई पारित भएको जनाउँदै थापाले प्रदेशमा संबैधानिक इजलासको लागि पहल भइरहेको बताए । संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारी अनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको थापाले बताए ।

मुख्य न्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले जनता र संघियतालाइ ध्यानमा राखेर प्रदेशलाई स्वायत्त बनाउने गरी जनतालाई बिश्वास लाग्ने कानुन बनाउनु पर्ने जोड दिए । उनले प्रदेश सरकार जनमुखी र राष्ट्रवादी भएर काम गर्न जरुरी रहेको भन्दै जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए । संबिधान र संघियतालाइ ध्यानमा राखेर सरकारले गर्ने सबै गतिबिधि ऐन, नियम र संबिधानको परिधि र कानुनी पद्धति भित्र रहेर काम गर्नुपर्ने भन्दै कानुनविद्हरुले पनि सरकारलाई सुझाब दिनुपर्ने प्रदेश प्रमुख शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?