ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

भड्किलो र महँगो बन्दै ‘तीज’

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

लमही,२९ भदौ । हिन्दु महिलाहरूको महान चाडको रूपमा तीजलाई लिइने गरिन्छ । यो पर्व परम्परादेखि मनाउँदै आएको पर्व पनि हो । यस पर्वले सामाजिक र धार्मिक महत्व राखेको छ । सामाजिम रूपमा विवाहित महिला र माइती विचको मिलनलाइ लिइन्छ भने धार्मिक रूपमा साधना तपस्याको रूपमा पनि लिने गरिन्छ । सामाजिक रूपमा पक्कै पनि माइतिवाट टाढा भएका चेलीहरू माइत जानको तीज एउटा अवसर हो भने व्यस्त कामका बावजुद अन्य समयमा नसम्झीए पनि चेलीलाई माइतीले सम्झना गर्ने माध्यम पनि हो ।

अर्कोतिर तीज पर्वको अवसरमा महिलाहरूले आफू माथि भएका सवैखाले हिंसा, विलौना देखि समाजिमक रूपमा देखिएका विकृति विसंगतीहरूको गित मार्फत खबदारी अवसर भएकोले यो पर्वलाइ वकालतको पर्व पनि भनिन्छ । धार्मिक रूपमा कैलाश पर्वतकी छोरी पार्वतीले महादेश पति प्राप्त गर्नका लागि निहार वर्त वसेकोले महादेव प्राप्त गरेको भन्ने किंवदन्ती रहँदै आएको छ । यसरीनै यो पर्व महिलाहरूको अधिकारको वकालत गर्ने पर्वका रूपमा लिने गरिन्छ । वर्त वस्नका लागि तीजको अघिल्लो दिन राती गरिने भोजनलाई नै दरको रूपमा लिने गरिन्थ्यो । यद्यपि सयम परिर्वतनसँगै हाम्रा चाड पर्व मनाउने शैलीमा निक्कै परिवर्तन आउन थालेको छ । सयम सापेक्षित हुनु स्वभाविकै हो । तर पनि जसरी पछिल्लो समयमा देखिएका दर खाने गतिविधिले हाम्रो पर्व माथिनै प्रश्न उठ्न भन्ने बारेमा विज्ञहरू चिन्तित देखिन थालेका छ ।

नागरिक समाज दाङका संयोजक निम वहादुर थापा भन्छन्, चाडपर्वका मौलिकतालाई बंगाउन खोजिँदै छ । हो संरक्षण गरिनुपर्छ तर दरका नाममा महिना दिन अगाडिबाट पार्टी,प्यालेसमा देखिएका दृष्यहरूले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता एकातिर अर्कोतिर मंहगो गरगहनाले पारिवारिक विकृति निम्तने होकि भन्ने समस्या संकेत देखिन थालेको वताए । चाडपर्व पनि हुँदा खाने र हुने खाने विचको विभेद देखियो यो पक्कै पनि सकारात्मक होइन थापाले भने । सभ्य मौलिकतामा रमाउनु पर्छ उनले भने ।

उनी जस्तै महिला अधिकारकर्मी लमहीकी दुर्गा वली पनि पछिल्लो समयमा तीज पर्वलाई लिएर महिलाहरूमा देखिएका गतिविधी समाजका लागि मंहगो र द्वन्द्व निम्ताउने खालका भएको बताउँछिन् । हामीले मौलितालाई बचाई राख्नुपर्छ । तीजको अघिल्लो दिनको राती खाने परिकारलाई दर भनिन्छ । यहाँ त महिलाहरू महिनौं दिन अगाडिबाट दर खान शुरु भएको छ । आर्थिक रूपमा सम्पन्न महिलाहरूका लागि खासै असर नपर्ला तर गरिखानेहरूका लागि यो बोझ बन्न सक्छ उनले भनिन् । पछिल्लो समयमा देखिएका गतिविधी कतै सोभनिय छैनन् ।

महिलाहरूले पार्टी, प्यालेसमा खाने दरका कार्यक्रमलाई वन्द गरिनु पर्छ । तीज मिलन भनेर सवैलाई मान्य हुने गरि कार्यक्रम गर्न सकिन्छ तर गरगहना र पोशाकको प्रदर्शन गरिनु राम्रो होइन । उनीहरू मात्र होइन पछिल्लो सयममा तिज पर्वको असरमा देखिएका गतिविधिले समाजलाई निरासा बनाउन थालेको सामाजिक अभियान्ता चिन्तित हुन थालेका छन् । चाडपर्वका मौलितालाई बचाइ राख्न भन्दा पनि समाप्त पार्दै महिलाहरू खानपानमा मात्र रमाउन थालियो भने फेरी पनि महिला माथि प्रश्न उठाने ठाउँ दिनु हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?