Butwal Today

न्यु भिजनमा तिज विशेष कार्यक्रम

२९ भाद्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २९ भदौ। रम्भादेवी ग्रुप अफ अर्गनाईजेसन अन्तरगत बुटवल १२, तामनगरस्थित न्यु भिजन सेकेन्डरी स्कुलमा तिज विशेष कार्यक्रम गरिएको छ ।बालबालिकाहरुले तिज गितमार्फत समाजमा घटेका महिला हिसा, बाल शोषणका घटना, कानुनको कमिकमजोरीका विषयबस्तुलाई प्रस्तुतिमा देखाएका थिए। दुई समुहमा गरि आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि ३ सम्ममा कक्षा ३ (मुन) प्रथम, कक्षा २ (स्टार) दोस्रो र कक्षा २ (मुन) तेस्रो भए भने कक्षा १ (मुन) चौथो भए। यसैगरि ४ देखि १० बिच भएको प्रतियोगितामा कक्षा ९ प्रथम, कक्षा ८ दोस्रो, कक्षा ६ तेस्रो तथा कक्षा १० चौथो भए। प्रतियोगितामा विष्णु श्रीपली, जमुना शाही, ईश्वर जीवन भुषालले निर्णायकको भुमिका निर्वाह गरेका थिए।

यसैबिच रम्भादेवी ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेत, स्कुलका भ्वाईश प्रिन्सिपल कमल खनाल, बिसिए ईन्चार्ज तथा संय‍ोजक वर्ण भुषालले विजेता, उपविजेता टिमलाई एक समारोहका बिच मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ।
कार्यक्रममा रम्भादेवी ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले बालबालिकाहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने गरि विद्यालयमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको बताए।
कार्यक्रममा बिसिए ईन्चार्ज तथा संय‍ोजक वर्ण भुषालले कक्षागत रुपमा १५ टिमले भाग लिएको बताए। मन्टेश्वरी देखि कक्षा १२ सम्म १ हजार बढि विद्यार्थी अध्ययरत छन भने ७० जना शिक्षक, कर्मचारीहरु कार्यरत छन। विद्यालयमा विज्ञान र ब्यवस्थापन विषयमा अध्ययन गराईन्छ। १५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार निर्माण भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?