ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

नेकपा एसमा लफडा : माधवको निर्देशनप्रति झलनाथको आपत्ति

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

बुटवल,२९ भदौ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन अपानि जारी गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले यो एकदम खतरनाक कुरा हो, यसमा कसैको पनि सहमति नभएको स्पष्ट पारे

नेकपा एकीकृत समाजवादीको पछिल्लो कार्य विभाजन र मनोनयनप्रति असहमति जनाउँदै केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् भने धेरैले निर्णय नसच्चिए राजीनामा दिने तयारी गरेका छन् ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय बैठकको निर्णय भनेर विहीवार जारी गरेको अन्तर पार्टी निर्देशन फिर्ता लिन दबाब समेत बढेको छ ।

सम्मानित नेता झलनाथ खनालले समेत अपानी फिर्ता नलिए गम्भीर परिस्थितिको सामना गर्न तयार रहन नेपाललाई भनेका छन् । असन्तुष्ट नेता कार्यकर्ताले देशैभरबाट खनाललाई सो निर्णय उल्ट्याउन दबाब दिएका छन् ।

विशेषगरी केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय परिषद गठन, केन्द्रीय कमिटीको कार्यविभाजनलगायतका विषयमा गम्भीर विमति रहेको नेकपा एसका एक स्थायी कमिटी सदस्यले बताए । अपानी नसच्चिए देशभरबाटै विद्रोह हुने उनको दाबी छ ।

अपानी जारी भएलगत्तै केन्द्रीय सदस्य राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्याग गरेका छन् । युवा संघका महासचिव दीपक जीएम, केन्द्रीय परिषद सदस्य ओसिम आलमलगायतले पनि यस्तैखाले घोषणा गरेका छन् ।

केन्द्रीय पर्यटन विभागका सदस्य कुमार थापाले विभागको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् भने माधव नेपालकै स्वकीय सचिवसमेत रहिसकेका केन्द्रीय सदस्य मोहन गौतम र झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले समेत निर्णय सच्याउनुको विकल्प नरहेको भन्दै सामाजिक संजालबाटै असहमति जनाएका छन् ।

बैठकमा छलफल नभएको तथा नेताहरूबीच कुनै सल्लाह नभई मनोनयन तथा कार्य विभाजन हेरफेर गरिएकोमा पदाधिकारी तथा सचिवालयकै सदस्यहरू असहमत भएका छन् । यो निर्णय नसच्चिए धेरै ठूलो समस्या आउन सक्ने  एक पदाधिकारीले बताए ।

अनेरास्ववियूको वरिष्ठ उपाध्यक्षबाट बिदा भएका ओसिम आलमलाई केन्द्रीय सदस्य नबनाएकोमा माधव नेपालनिकटकै नेताहरूले आपत्ति जनाएका छन् ।

केन्द्रीय कमिटी सदस्य मनोनयनको मापदण्ड के हो भन्ने समेत कसैले थाहा नपाएको सावित्री मल्लले बताइन् । पार्टीका पदाधिकारीको कार्य विभाजनसमेत अपमानजनक ढंगले गरिएको भन्दै नेताहरूले तत्कालै अपानी फिर्ता लिएर निर्णय नसच्चिए नेकपा एस अघि बढ्न नसक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?