Butwal Today

सिंहदरबारमा आगो लगाउने अभिव्यक्ति आपराधिक : झलनाथ

२९ भाद्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिंहदरबारमा आगो लगाउँछु भन्ने अपराधिक अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

नेकपा एस निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिको प्रशंसा हुनु गलत भएको बताए ।

एउटाले सिंहदबारमा आगो लगाइदिन्छु भन्यो , अर्कोले नेताको गर्धनमा खुकुरी हान्यो तर मोबाइल हेर्ने हो भने हजारौं मान्छेले ती मान्छेहरुलाई स्याबासी दिइरहेका भन्दै खनालले ती त अपराधिक तत्वहरु भएको बताए । ‘सिंहदरबारमा आगो लगाउँछु भन्ने जसले गरेपनि अपराधिक अभिव्यक्ति हो । यस्तो अभिव्यक्तिको प्रशंसा हुनु बिडम्बना मात्रै हो । तर, प्रशंसा हुन थालेको छ । त्यसको कारण खोज्नुपर्ने छ’–खनालले भने ।

उनले तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा अध्यक्ष केपी शर्मा ओलीले कुर्सीमात्रै देखेपछि अहिले अराजकता बढेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?