Butwal Today

राजु गुरुङले त्यागे एकीकृत समाजवादी

२८ भाद्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, २८ भदौ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो भनेर स्टाटस लेखेका छन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।

उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत  बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे सोध्नका लागि गुरुङसँग गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।