ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

ट्रायल पास गरेको तीन दिनभित्र स्मार्ट लाइसेन्स, राजधानीमा द्रूत बस सेवाः मन्त्री ज्वाला

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

सल्यान, २८ भदौ ।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफुहरुले गरेको कामको नतिजा देखिन थालेको बताएका छन् । मन्त्राालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक गृह जिल्ला आएका मन्त्री ज्वालाले विहीबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सडककोे काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उनले बताए । यसबारे कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको भनाई छ । राप्ती राजमार्गको सुधारको केही काम भएको उल्लेख गर्दै उनले आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

उनले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका बेथिती हटाउन केही काम अघि बढाइएको बताए । उनले भने, ‘अहिले पनि सवारी चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ ।’

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम बघि बढाइने उनको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको विगविगी अन्त्य गर्न अनलाईन प्रणाली सुरु गरिसकेको भन्दै उनले एक महिनाभित्र देशैभरी अनलाईन प्रणाली कार्यान्वयनमा आउने जनाए । सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुंगो लागिसकेको पनि मन्त्री ज्वालाले बताए ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर धुलो, हिलो र जाम रहित राजधानी बनाउनका लागि महत्वपूर्ण कार्यक्रम सुरु गर्न लागेको पनि उनले जानकारी गराए । ज्वालाका अनुसार राजधानी काठमाण्डौँमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी छ । पहिलो चरणमा रत्नपार्कदेखि सूर्यविनायक सम्म विहान २ घण्टा र बेलुकी २ घण्टा द्रुत बस सेवा सञ्चालन हुनेछ । द्रुत बस सेवामा जोडिएका गाडी मात्रै सञ्चालनका लागि छुट्टै सडक लेनको व्यवस्था हुने र यसले जाम पनि नहुने र निकै छोटो समयमा यात्रुहरु गन्तव्यमा पुग्न सक्ने यातायात मन्त्री ज्वालाको अपेक्षा छ ।

आफ्नो मन्त्रालय विभिन्न सेटिङ, बिचौलिया, मिलेमतो र अनुचित सम्बन्धको घेराभित्र रहेकोमा यस्ता विषयमा प्रश्न नउठ्ने गरी काम अघि बढाइएको उनले बताए । ज्वालाले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पार्ने क्रियाकलाप रोकिएको छ । योजना अलपत्र पर्ने तर व्यक्ति मोटाउने रोग पनि एक किसिमले समाधान गरेका छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?