ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

मोतीराम भट्टको ११७ औं जयन्ती

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

आज नेपाली साहित्याकाशका चम्किला तारा मोतीराम भट्टको ११७ औं जयन्ती । आजको दिन नेपालका साहित्यकार तथा सर्जकहरूले मोतीराम भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउँदै छन् । वि.सं. १९२३ साल भदौ २५ गते भोसीको टोल काठमाण्डौंमा जन्मनु भएका मोतीराम भट्टको मृत्यु १९५३ साल भदौंको कृष्ण औंसीका दिनमा भएको थियो । अत्यन्त कलिलो उमेरमै यो संसारबाट बिदा भएका मोतीरामले ३० बर्षको उमेरमै नेपाली साहित्याकाशलाई अमूल्य सम्पत्ति छोडेर जानुभयो । मोतीराम पूरा उमेर बाँच्न पाएको भए निश्चितरूपमा नेपालको साहित्य क्षेत्र अझै सम्मृद्ध बन्ने कुरामा दुईमत छैन ।

मोतीराम नेपाल कविताको माध्यमिक कालको पूर्वाद्र्धका सशक्त प्रतिभाशाली कविको पहिचान बनाउन सफल हुनुभयो । मोतीरामकै सबल नेतृत्वमा नेपाली कवितामा युगान्तकारी परिवर्तन आउनुका साथै श्रृंगारिक धाराको विकास भएको मानिन्छ । मोतीरामले भारतको बनारसमा अध्ययन गर्दैगर्दा खोलेको समस्यापूर्ती मण्डलीलाई मोती मण्डली भनिन्छ । वि.सं. १९४५ मा काठमाण्डौंमा आएपछि पुनः मण्डली निर्माण गरेर कविता लेखनतीर प्रवृत्त भएको पाईन्छ । मोतीरामको केवल कविमात्र होइन, उनी पत्रकार, समालोचक, नाटककार, लेखक आदि क्षेत्रमा उत्तिकै कलम निखार थियो । तत्कालीन शासकहरूको मनोभावनाकूल मनोरञ्जनात्मक श्रृंगारिक कविताको सिर्जनामा निपूर्ण मोतीरामले श्रृंगारिक धाराको नेतृत्व गरे । मोतीराको कवितामा फुटकर कवितादेखि खण्डकाब्यसम्म सिर्जना गरेका छन् । श्रृंगारिक भाव, देशप्रेम र राष्ट्रिय महिमा गायन गर्ने कविका रूपमा उत्तिकै महत्व छ । त्यसका अतिरिक्त मोतीरामले प्रकृति, नारी सौन्दर्य, भाषा साहित्य र इश्वर आदीलाई समानरूपमा काब्यमा प्रयोग गरेका छन् । साहित्य, संगीत र कलाका पारखी मोतीराम भट्टका काव्यमा ब्यङ्ग्य विनोद, राष्ट्रप्रेम, समाजसुधार एवं इश्वरिय भक्तिभावका अनेक तत्व सबलरूपमा प्रकट भएको छ ।

मोतीराम भट्टका कवितामा लयात्मकता र संगीतात्मकताको राम्रो संयोजन भएको पाईन्छ । संगीत र गायन कलाका पारखी मोतीरामका कविता लोकछन्द र लोकलयलाई शास्त्रीय छन्दका ढाँचामा समायोजन गरि कवितालाई लयात्मक र संगीतात्मक प्रधान छन् । त्यसैगरी भावनाकूल उपमा, रूपक आदि अलङ्कारको प्रयोग गरि कवितालाई गति प्रदान गर्ने कवि मोतीरामले आफ्नो कवितामा अन्त्यानुप्राशको सफल प्रयोग गरिएको पाईन्छ । हिन्दी, अंग्रेजी, फारसी, उर्दू आदि क्वाँटी भाषाको प्रयोक्ता मोतीरामले तत्सम, तद्भव र सरल, सरस नेपाली झर्रा शब्दको संयोजन गरि कविता सिर्जना गरेका छन् । नेपाली साहित्यका युग प्रवर्तक मोतीराम भट्टको योगदान नेपाली साहित्य क्षेत्रले कहिल्यै बिर्सन सक्दैन् ।

मोतीरामले नेपाली साहित्य क्षेत्रलाई श्रृंगारिकता, भाषाप्रेम, प्रकृतिप्रतिको अनुराग, नारी प्रेम, धार्मिक, पौराणिक, औपदेशिक प्रवृत्तिको प्रस्तुतीकरण गरे कहिल्यै तिरेर नसकिने गुन लगाउनु भएको छ । मोतीरामका कवितामा पाईने संस्कृति काब्यतत्व, रस, अलङ्कार र छन्दको कुशल प्रस्तुत आजका साहित्य सर्जकका लागि प्रेरणाका श्रोत हुन । त्यसैगरी रीतिकालीन गजल परम्परालाई राम्रो संयोजन गर्न सक्ने, तत्सम, तत्भव र झर्रा नेपाली शब्दको प्रयोग तथा मिश्रित भाषा र शैलीको कुशल प्रयोगले नेपाली साहित्यकास समुन्नत भएको छ । मोतीरामको जन्मजयन्ती मनाउँदै गर्दा उनको स्मरणमात्र होइन, उनले नेपाली साहित्याकाशलाई छोडेर गएका कृतिको महिमा र प्रचार प्रसार पनि गर्न सके मोतीरामप्रतिको वास्तविक सम्मान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?