ट्रेंडिंग:

>> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी

अनुदानका शिक्षिका ठगिए

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

पाल्पा, २७ भदौ ।

पाल्पाको एक विद्यालयमा अध्यापन गराउने दुुई शिक्षिका शिक्षण सहयोग अनुदान बापतको रकममा ठगिएका छन् । संघीय र स्थानीय सरकारबाट प्राप्त भएको शिक्षण सहयोग अनुदानबाट अध्यापन गराउँदै आएका तानसेन ननगरपालिका–११ मा रहेको गार्गी माध्यमिक विद्यालयमा अध्यापन गराउने दुुई शिक्षिका अनुदान बापतको तलवबाट ठगिएका हुन् ।

मावि लेखा विषय शिक्षिका मीना भाट र अंग्रेजी विषय शिक्षिका पार्वती सुन्दौलीले शिक्षण सहयोग अनुदान कोटामा अध्यापन गराउँदै आएका छन् तर विद्यालयले उनीहरुलाई अनुदानबापत प्राप्त भएको रकम नदिएर कर कट्टी गरी मासिक १४ हजार ८ सय ५० रुपैयाँ मात्र दिंदै आएको छ । मावि तहको लागि अनुदान रकम अनुसार ३७ हजार ९ सय ९० मासिक तलब हुनुपर्ने हो, तर विद्यालयले ती शिक्षिकाहरुलाई १४ हजार ८ सय ५० दिंदै आएको छ ।

२०७८ फागुन २७ मा सशर्त बजेट अन्तर्गतको अनुदान दिने गरी पार्वती सुन्दौलीलाई नियुक्त गरिएको थियो । उनलाई आर्थिक वर्ष २०७८÷०७९ मा मासिक ३५ हजार ९ सय ९० अनुसार ४ लाख ३१ हजार ८ सय ८० दिनुपर्नेमा विद्यालयले ५५ हजार ३ सय ८० मात्र भुक्तानी गरेको छ । यस्तै सुन्दौलीलाई आर्थिक वर्ष २०७९÷०८० मा अनुदान घटेर आएकाले विद्यालयले २०७९ माघ २२ मा पुनः निमाविको नियुक्ती दिएको थियो । उक्त अवधिमा पनि विद्यालयले मासिक १४ हजार ८ सय ५० नै दियो । यस्तै २०७६ माघ २१ मा निशर्त बजेट अन्तर्गतको अनुदान दिने गरी शिक्षिका मीना भाटलाई मावि तहमा नियुक्त गरिएको थियो । उनलाई पनि मासिक ३७ हजार ९ सय ९० अनुसार ४ लाख ५५ हजार ८ सय ८० दिनुपर्नेमा आर्थिक वर्ष २०७९÷०८० मा २ लाख ५ हजार मात्र भुक्तानी दिइएको छ । शिक्षिका भाटले नियुक्ती भएदेखि १६ लाख १९ हजार ७ सय ६० बराबर भुक्तानी पाउनु पर्नेमा ७ लाख मात्र पाएको देखिन्छ । उनको ९ लाख १९ हजार ७ सय ६० रुपैयाँ विद्यालयले अनियमितता गरेको छ । यस्तै शिक्षिका सुन्दौलीले पनि पाउनुपर्ने ४ लाख २२ हजार १ सय ६९ पाएकी छैनन् ।

२०७६ माघदेखि अध्यापन गराउँदै आएकी शिक्षिका मिना भाटले पहिले आफ्नो तलब यति धेरै हुन्छ भन्ने थाहा नै नभएको बताइन् । उनले भनिन्, ‘नियुक्ति दिँदा तपाईको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई÷चार पैसा भए पनि आम्दानी हुने घरपाई मिलेको जागिर भनेर पढाउन थालें ।’ दुईवटा तलवी भरपाईमा सिग्नेचर गर्नुपर्ने भाटले बताइन् । उनले भनिन्, ‘हामीलाई विद्यालयमा राख्ने भरपाईमा १४ हजार ८ सय ५० र नगरपालिकालाई बुझाउनुपर्नेमा ३७ हजार ९ सय ९० को तलबी भरपाईमा सिग्नेचर गर्न लगाईन्छ, हामीले पनि नबुझेर सही गर्दै आयौं ।’ २०७८ देखि अध्यापन गराउँदै आएकी अर्की शिक्षिका पार्वती सुन्दौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिले १५ हजार तलब हुन्छ भनेको बताइन् । उनले भनिन्, ‘जसोतसो जागिर पाइएको छ । हुन्छ थोरै भएपनि गर्छु भनेर पढाउन थालेकी हुँ, तर हाम्रा नाममा यत्रो तलब हुन्छ भन्ने नै थाहा भएन ।’

अनियमितता गरिएको रकममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको नाम जोडिएका छन् । उनीहरुकै मिलोमतोमा रकम अनियमितता भएको बताइएको छ । प्रधानाध्यापक घिमिरेले भने विद्यालयको बचाउ गर्दै शिक्षिकाहरुसँगको आपसी समझदारीमा तलब दिंदै आएको बताए । अनुदानमा आएको रकममा आपसी समझदारी गर्न नमिल्ने व्यवस्था भए पनि उनले मौखिक समझदारी गरेको दावी गरे । घिमिरेले बाँकी रकम अनियमिता नगरेको तर विद्यालयको मर्मत सम्भार र मसलन्दमा खर्च गरेको बताए ।

अहिले दुवै जना पीडितले पूरा तलब उपलब्ध गराउन माग गर्दै तानसेन नगर सरकारको शिक्षा शाखामा निवदेन समेत दिएका छन् । नगर शिक्षा शाखामा बुझाउने भरपाईमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको शिक्षा शाखा अधिकृत कोपिला न्यौपानेले बताइन् । शिक्षण सहयोग अनुदानमा अनियमिता भएको थाहा पाउनासाथ नगर शिक्षा शाखाबाट स्थलगत अनुगमन समेत गरिएको शिक्षा अधिकृत न्यौपानेले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?