ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

दाङ, २७ भदौ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रुप दिइएको छ ।

स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुनेगरी मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताए । मन्त्री खनालले चालु आर्थिक वर्षका कार्यक्रममा तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिए । कार्यक्रम कार्यान्वयनका लागि निर्माण हुन बाँकी रहेका कार्याविधि एक साता भित्र निर्माण गर्न निर्देशन दिदै मन्त्री खनालले योजना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाई नगर्न आग्रह गरे । उनले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिए ।

स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरिएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए । चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरुबाट सञ्चाल नहुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको हो । छलफलबाट अन्तिम रुप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ ।

स्वास्थ्य सचिव डा. पन्थीले दुईवटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न निर्देशन दिए । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालहरुबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १ सय ५७ वटा कार्यक्रमको मार्गर्दशन तयार भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?