Butwal Today

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता, शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

२७ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल,२८ भदौ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकमा शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिइएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ । यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ ।

एउटा स्थानीय तहको सार्वजनिक विद्यालयबाट अर्को स्थानीय तहको सार्वजनिक विद्यालयमा सरुवा गर्नु परेमा रिक्त पदमा सरुवाका लागि शिक्षकले निवेदन दिनुपर्नेछ । यसमा विषयसमेत मिल्नुपर्छ । अनि दुवै स्थानीय तहको सहमति चाहिन्छ ।

तर, सरुवा भएर आउने विद्यालयको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन भएको वा माग पठाएको अवस्थामा भने सरुवा गर्न पाइने छैन ।