ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

न प्रहरीले भेटाउँछ चोर, न नगरको सिसी क्यामेराले

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

बर्दघाट, २६ भदौ । करिब १० महिना पहिले बर्दघाटकी कल्पना अर्यालको करिब ३ तोलाको सुनको सिक्रि बर्दघाटको शुक्रबारे हाटबजारबाट चोरी भयो । तत्काल प्रहरी कार्यालयमा जानकारी गराए पनि प्रहरीले चोरी गर्ने गिरोहको सुइँको समेत पत्ता लगाउन सकेन । अर्यालको सिक्रि चोरी भएको करिब २ महिना पछि पुनः शुक्रबारे हाटबजारमै सिक्रि चोरी गर्दा गर्दै २ बालक (उमेर करिव १२–१३ वर्षका) लाई स्थानीय युवाले रँगेहात पक्राउ गरेर सिक्रि चोरी हुनबाट जोगाएर चोरलाई प्रहरीको जिम्मा लगाए । चोरलाई समातेर प्रहरी कार्यालयमा बुझाए पनि गिरोहको बारेमा केहि पनी पत्ता लगाउन प्रहरी असमर्थ रह्यो ।

गत शुक्रबार बर्दघाटकै सविता आचार्यको सिक्रि चोरी भयो, स्थानीयले चोरी गर्दागर्दै समातेर प्रहरीको जिम्मा लगाए तर प्रहरीले अहिलेसम्म गिरोहसम्म पुग्ने कुनै छेकछन्द नै पाउन सकेको छैन, तर पक्राउ परेका युवाबाट प्रहरीले रु. एक लाख पीडितलाई दिलायो तर न त चोर किटान गर्न सक्यो न त उनी मार्फत गिरोह सम्म पुग्न नै सक्यो । बर्दघाट नगरकै भुताहा हाटबजार, चिसापानी हाटबजारबाट सुनका गहना लुटिएका निवेदन प्रहरी कार्यालयमा पुगे पनि न त गहना भेटिन्छ न त चोरी गर्ने चोर ।

यि केहि प्रतिनिधि घटना मात्र हुन, भिडभाड हुने स्थानमा विशेषगरी महिलाहरूको सुनका गहना लुटिदै गर्दा चोरी गर्ने ब्यक्ति पक्राउ पर्दैनन् र पक्राउ परेकाबाट पनि गिरोहसम्म पुग्न प्रहरी सकेको छैन । बर्दघाट हाटबजार छेवैकी मिना पन्थको करिव २ तोलाको सिक्रि २ वर्ष अघि हाटबजारबाटै हराए पनि उनले प्रहरीमा निवेदन दिइनन् । उनले भनिन ‘चोरी हुनु भइसक्यो, निवेदन दिए पनि पक्राउ पर्ने होइन, किन टाउको दुखाउनु ?’ उनको भनाइ थियो । कार्यालयमा निवदेन नआए पनि विभिन्न माध्यमबाट घटना बाहिर आएपछि प्रहरीले सक्रियता त देखाउँछ तर उपलब्धि भने सुन्य छ । हरेक हप्ताजस्तै चोरी हुँदै आएपनि प्रहरीकोमा चोरी भएको निवेदन भने खासै दिएका हुँदैनन् ।

चोरी गर्दागर्दै पक्राउ परेपनि चोरी गरेको सामान सहित नभेटिँदा कारवाही प्रकृया अघि बढाउन समस्या परेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक भिम कार्कीले बताए । ‘स्थानियको भनाइ अनुसार यिनीहरू समुहमा छन, एउटाले चोरी गर्छ र केहि सेकेण्ड भित्रै एकबाट अर्को गरी त्यहाँबाट फरार भैहाल्ने रहेछन, सँकास्पद पक्राउ त पर्छ तर चोरी गरेको सामान (प्रमाण) नभेटिँदा कारवाही गर्न कठिन हुन्छ ।’ निरिक्षक कार्कीले भने । चाडपर्व नजिकिँदै जाँदा लुटपाट र चोरीका घटना बढन सक्ने आँकलन गरेर इलाका प्रहरी कार्यालयले विभिन्न बजार विकास समिति, उद्योग वाणिज्य सँघ, हाटबजार सँचालक समिति लगायत सरोकारवालाहरूसँग सुरक्षा रणनिती तय गरेको छ ।

बर्दघाट नगरपालिकाले नगरको सुरक्षा गर्ने भन्दै करिव १५ लाख लगानी गरि विभिन्न चोक चौराहामा ५२ वटा सि सि क्यामेरा जडान गरी प्रहरीले निगरानी गरेको छ तर अत्याधिक चोरी हुने क्षेत्र भने सिसि क्यामेराको निगरानीबाट बाहिर छ । बर्दघाट नगरपालिकामा करिव १५ स्थानमा हाटबजार लाग्ने गर्दछ । अत्याधिक चोरी पनि यिनै हाटहरूमा हुने गरेको छ । सि सि क्यामेराले सँवेदनशिल ठाँउहरूको निगरानी गर्दा चोरी, अपराधका घटना कम हुने वा घटेमा अपराधी पत्ता लगाउन सहज हुने भएपनि अत्याधिक भिडभाड हुने हाटबजार क्षेत्रमा भने क्यामेरा जडान भएका छैनन । ‘विभिन्न क्षेत्रमा सिसि क्यामेरा जडान त गरेका छौँ यस वर्षको विनियोजित बजेटबाट प्रहरी प्रशासन सँग समन्वय गरी पहिचान भएका संवेदनशील स्थानहरूमा थप सिसि क्यामेरा जडान गर्ने हो । बर्दघाट नगरपालिकाका योजना प्रमुख पुष्कर काफ्लेले बताए ।

बर्दघाट नगरपालिकामा नगर सुरक्षाको लागि नगर प्रहरी समेत रहेका छन । सिमित नगर प्रहरीले सबैतिर निगरानी गर्न गाह्रो भएपनि हरेक हाट बजारमा कम्तीमा २ जना नगर प्रहरी परिचालित हुने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘पटक–पटक चोरीका घटना हुनु र चोर पक्राउ गर्न प्रहरी प्रशासन असमर्थ हुँदा आपराधिक सोँच राख्नेको मनोबल उच्च भएकै कारण पटक पटक घटना दोहोरीइरहेका छन । नगर भित्र सञ्चालन हुने साप्ताहिक हाट अब्यवस्थित रहनु, कम्तीमा नगर प्रहरीको निरन्तर निगरानी हुन नसक्नु, सिसि क्यामेराले बजारको निगरानी हुन नसक्दा यस्ता घटना दोहोरीइरहेका छन ।’ बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतमले बताए । सार्वजनिक स्थानहरूमा समय समयमा घटना घटिरहँदा स्थानीय सरकारले प्रहरी प्रशासन र प्रहरी प्रशासनले स्थानीय सरकारको मुख्य जिम्मेवारी रहने बताउँदै आउने गरेका छन । यसरी एकले अर्कालाई प्रमुख जिम्मेवार ठह¥याउँदा मर्कामा भने जनता पर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?