Butwal Today

तीन वर्षपछि ‘नाडा अटो शो’ आजदेखि

२६ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, २६ भदौ ।

तीन वर्षपछि ‘नाडा अटो शो २०२३’ काठमाडौंमा आज सुरु हुँदै छ।

हरेक वर्ष हुने नाडा अटो शो कोरोना महामारीका कारण सन् २०१९ यता हुन सकेको थिएन। त्यसपछि उक्त शो आजदेखि भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो।

भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शोमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने कार्यक्रम छ।

अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दै छन् भने केहीले हालै सार्वजनिक गरेका गाडी प्रदर्शनीमा राख्ने छन्।

अटो शोमा १२० वटा स्टल रहने छन्। जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस्, पार्टस्, ब्याट्री लगायतका उपकरण रहने छन्।

चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ।

नाडा अटो शोमा प्रवेशका लागि २०० रुपैयाँ टिकट तोकिएको छ। विद्यार्थीले भने १५० रुपैयाँमै टिकट पाउनेछन्।