Butwal Today

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक

२६ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, २६ भदौ ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

गएराति  नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो।

उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।