ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

को बन्ला काँग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सभापति ?

कार्यवाहक सभापति ढकाल, सचिव प्रजापाल गिरी र काजीमान श्रेष्ठको नाम चर्चामा
२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

 बुटवल, २५ भदौ ।  नेपाँली काग्रेस, केन्द्रीय निर्वाचन समितिले भदौ १९ गते पार्टीको जिल्ला कार्यसमितिहरुलाई निर्वाचन हुन बाँकी तह, पद र संख्या यकिन गर्ने, निर्वाचन क्यालेन्डर बनाउने र प्रक्रिया अघि बढाउन भनी पत्र पठाएर निर्देशन गरेको छ । केन्द्रीय बैठकले असोज २९ गतेभित्र निर्वाचन हुन बाँकी तहहरु, विधान अनुसार रिक्त पदहरुमा निर्वाचन गर्नका लागि आवश्यक तयारी गर्न निर्देशन गरेको हो ।

‘१४ औं महाधिवेशन अन्तर्गत महासमिति सदस्य, प्रदेश सम्मेलन सदस्य, वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति मध्ये कुनै तह र पदको निर्वाचन हुन बाँकी भएको वा विधानअनुसार रिक्त हुन गएको भएमा उक्त पदको निर्वाचन असोज २९ गतेभित्र अनिवार्य सम्पन्न गर्न अनुरोध गरिन्छ ।’ केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पठाएको पत्रमा उल्लेख छ । योसंगै उम्मेदवारको चर्चा शुरु भएको छ ।

रुपन्देही क्षेत्र नं २ मा क्षेत्रिय सभापति हरि लम्सालले राजीनामा दिएपछि पद रिक्त थियो । स्थानीय निर्वाचनमा नगरप्रमुखका उम्मेदवारका आकांक्षी रहेका लम्साल टिकट नपाएपछि राजीनामा दिएका थिए । सो पदमा उपसभापति परशुराम ढकाल कार्यवाहक थिए । लम्साल अहिले साधारण सदस्य समेत छैनन् । स्थानीय निर्वाचनको कठिन परिस्थितिमा कार्यबाहक बनेर समस्या पार लगाएका ढकाल पार्टीभित्र सहमति भएमा पुरा समय सभापति बन्न तयार रहेको बताउँछन् । ‘काठमाण्डौमा भएकाले पत्र बुझिसके अब जिल्ला फर्किएर आवश्यक छलफल गर्ने छु ।’— उनले भने । कार्यवाहक सभापति परशुराम ढकाल प्रदेश २ (क) का सभापति समेत भएकाले प्राविधिक रुपमा उम्मेदवार बन्दा यो पदबाट राजीनामा दिनुपर्ने हुन्छ । चार वर्षे कार्यकालमध्ये कार्यबाहक सभापति बनेर करीब दुई वर्षको अवधिमा धेरै काम गर्न सफल भएको भन्दै यो भूमिकालाई उचित मूल्यांकन गर्दै अब बाँकी कार्यकालमा आफुलाई सहमतिमा दिदा राम्रो हुने उनको तर्क छ ।

संस्थापन समूहका हालका सचिव प्रजापाल गिरी अहिले सभापतिको उम्मेदवारका रुपमा हेरिएका छन् । युवाहरुको माझ लोकप्रिय भएका कारण पनि उनलाई नेतृत्वमा ल्याउने सोच रहेको युवाहरुको बताउँछन् । नितान्त राजनीतिक संस्कारमा रमाएका उनी पार्टीको हरेक भूमिकालाई निभाउँदै आएका छन् । केन्द्रीय निर्वाचन समितिको आधिकारीक पत्र जिल्लामा नआईसकेको भन्दै उनले पत्र प्राप्त भएपनि आवश्यक प्रक्रिया अघि बढ्ने बताए । जिल्ला समितिको बैठक बसेर आवश्यक मिति तय गर्ने र उम्मेदवारीबारे छलफल हुने उनले बताए । रिक्त भएको पदमा ६ महिनाभित्र पदपुर्ति गर्ने भनिएको उनले बताए । पार्टीले पदपुर्ति गर्दा निर्वाचित प्रणाली अवलम्बन गरेको भन्दै निर्वाचनको बारेमा वृहत छलफल गरिने उनले बताए ।

पार्टीभित्र पद छोड्न नखोज्ने प्रवृति हाबी रहेको यसअघि सभापति उठ्ने चर्चामा रहेका काजिमान श्रेष्ठले दुखेसो गरे । आफु यसपटक उम्मेदवारीको तयारीमा नरहेको स्पष्ट पार्दै छलफल गरी सहमतिमा उम्मेदवार बनाउने उनले बताए । ‘सहमतिमा जाँदा राम्रो हुन्छ ।’—उनले भने । नेपाल टे«ड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष सहित धेरै सामाजिक संघसंस्थामा रहेकाले पनि आफु अहिले निर्वाचनमा जाने मनसाय नबनाएको उनले बताए । यस हिसाबबाट हेर्दा कार्यबाहक सभापति नै बलियो दाबेदार देखिएपनि अन्तमा पार्टी भित्र हुने गुठको प्रभाव अन्तिममा निर्णायक हुने देखिन्छ । कांग्रेसले आउँदो मंसिरमा महासमिति बैठक गर्दैछ । त्यसअघि बाँकी रहेका तहमा अधिवेशन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?