ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

सातौं जिल्लास्तरीय स्नुकरमा ८ खेलाडी क्वाटरफाइनलमा

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

बुटवल,२६ भदौ । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न तेस्रो चरणका खेलबाट ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा जारी प्रतियोगिताबाट विजय थापा,सागर गाहामगर, शिशिर गुरुङ, सम्बन्ध विक,डेविड गौचन,सुरज मकाजु,शंकर खड्का र कुमार थापा क्वाटर फाइनलमा प्रवेश गरेका क्लबका अध्यक्ष सुजन पुनले जानकारी दिए । क्वाटरफाइनलदेखि फाइनलसम्मका खेलहरुमा खेलाडीहरु सर्ट पाइन्ट र टाई सहित अफिसियल ड्रेसमा उपस्थित हुनुपर्ने नियम बनाइएको अध्यक्ष पुनले बताए ।
मंगलबार बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रि क्वाटरफाइनल चरणको पहिलो खेलमा विजय थापाले रुकु मोहम्मदलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै सागर गाहामगरले कुणाल श्रेष्ठलाई ३–२ ले र शिशिर गुरुङले प्रिन्स गुरुङलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै सम्बन्ध विकले बसन्त रेश्मीमगरलाई ३–२ ले तथा डेविड गौचनले बासु प्रधानलाई ३–० को सोझो सेटमा पराजित गरेका छन् ।
यस्तै सुरज मकाजुले प्रकाश क्षेत्रीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै शंकर खड्काले सारन रानालाई ३–० को सोझो सेटमा पराजित गरेका छन् भने अन्तिम खेलमा कुमार थापाले सकिल अन्सारीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?