ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

१५ दिन बितिसक्दा पनि सम्पर्कविहीन डोल्पाका मेजर

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

सुर्खेत, २५ भदौ ।

डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको १५ दिन बितिसक्दा पनि अवस्था अझै अज्ञात रहेको छ । भदौ १० गते अपरान्ह चार बजे पैदल निस्केका उनको अवस्था अझै अज्ञात रहेको पाइएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको विषयमा कुनै पनि सूचना प्राप्त नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्रर पोख्रेलले जानकारी दिए ।

उनको परिवारले खोजीका लागि आग्रह गरेको पोख्रेलले बताए । ‘मेजरको मामा पनि यहाँ आएर हामीसँगै खोजी कार्यमा लाग्नुभएको थियो’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘उहाँका अन्य परिवारहरु पनि यहाँ आउँदै हुनुहुन्छ भन्ने मलाई खवर प्राप्त भएको छ तर, आज मौसमको कारण हवाइजहाज आउन नसकेकाले उहाँहरु नेपालगञ्जमै रोकिनुभएको छ भन्ने सूचना प्राप्त भएको छ ।’

लामो समयसम्म दाजुको अवस्था पत्ता नलागेपछि मेजर पण्डितको बहिनीले दाजुको खोजी गरिदिनको लागि अनुरोध समेत गरेकी छिन् । उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरेकी थिइन् ।

मेजर पण्डित सम्पर्कविहीन भएको भोलिपल्टबाट खोजी थालेका सुरक्षा निकायले उनी हराउनुको कुनै सूचना समेत फेला पार्न सकेका छैनन् । सेनानी पण्डित सम्पर्कविहीन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा सुरक्षा निकायले सर्च अभियान चलाए पनि कुनै सुराक पत्ता लाग्न नसकेको पोख्रेलले बताए ।

मेजर पण्डित त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटसम्म पुगेको खुले पनि त्यहाँबाट कहाँ गए भन्ने कुनै पत्तो सुरक्षा निकायले लगाउन सकेको छैनन् । उनी त्रिपुराकोट पुगेपछि नगद २६ हजार सटही गरेर झोला खरिद गरेको, मोबाइल चार्ज गरेपश्चात स्थानीय एक होटेलमा कोठा भए नभएको बारे सोधेको अनुसन्धानबाट खुलेको प्रजिअ पोख्रेल बताउँछन् । त्यसपश्चात त्यहाँबाट निस्किएका पण्डित कहाँ गए भन्ने कुनै पत्ता लाग्न सकेको छैन । उनी भन्छन् ‘अपरान्ह चार बजे निस्किएका मेजर पण्डितको साँझ सात बजेपछि सम्पर्कविहीन भएको पाइएको छ ।’

‘त्रिपुराकोटसहित डोल्पाको सबै क्षेत्रमा खोजी कार्य जारी राखेका छौ । हामीले सकेजति प्रयास गरिरहेका छौ’ उनले भने, ‘जिल्ला मात्रै होइन देशभरका सुरक्षा निकायसँग पनि समन्वय गरिरहेका छौ तर, केही पनि सूचना प्राप्त भएको छैन ।’

उनले डोल्पाको तल्लो क्षेत्र, जुम्ला, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोलीले सर्च अभियान चलाएको बताए ।

मेजर पण्डितलाई खोज्न नेपाली सेनाको जुम्लाबाट प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली एक हप्तादेखि डोल्पामा छ । कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक समस्या सिर्जना हुँदा कतै गएको हुन सक्ने अनुमान गरिएको छ । तर, पण्डितका परिवारले घरपरिवारसँग कुनै विवाद नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?