Butwal Today

नेपाली फुटबल टिमले आज म्यानमारसंग खेल्दै

२५ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,२५ भदौ । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

यांगुनमा रहेको नेपाली टोलीले थुवुना रंगशालामा दिउँसो सवा ४ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो। यही रंगशालामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो।

पाहुना टोली नेपाल लगातार दबाबमा रहे पनि रक्षात्मक खेल्दा पराजयबाट जोगिएको थियो। फुटबलको विश्व वरियतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ।

उसले सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई ३–० गोलले पराजित गरेको थियो। फिफा वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा छ भने नेपाल १ सय ७५औं स्थानमा छ।

आगामी अक्टोबरमा होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओसविरुद्ध खेल्नेछ। म्यानमारले मकाउलाई प्रतिस्पर्धी पाएको छ।