Butwal Today

जन्माष्टमी पुजाका दिन बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट, एक जना पक्राउ

२५ भाद्र २०८०, सोमबार
अ+
अ-

धनगढी, २५ भदौ ।  बाजुरामा दुई युवकमाथि सामूहिकरुपमा निर्घात कुटपिटको घटना बाहिरिएको छ । खप्तड छेडेदह गाउँपालिकाको छेडे दह तालमा युवाहरुको एक समूहले जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । सो स्थानमा जन्माष्टमीमा मेला लाग्ने गर्दछ ।

प्रहरीका अनुसार कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले प्रहार गरेका थिए । घाइते दुवै जनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कृष्ण जन्माष्टमीका दिन घटना भएको थियो । पीडित पक्षले घट्नामा सलंग्न ८ जना विरुद्ध प्रहरीमा जाहेरी दिएकोमा एक जना अर्जुन रावत पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

 

भिडियो सामग्री