Butwal Today

समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

२५ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,२५ भदौ । समाजवादी मोर्चाले आज सोमबार मोरङको विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ। सातै प्रदेशमा सभा तय भएअनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा सन्देश सभा गर्न लागेको मोर्चाले जनाएको छ।

दिउँसो सवा १२ बजे शुरु हुनेमा सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा आवद्ध छन्। मोर्चाले यसअघि मधेश, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशमा सन्देश सभा गरिसकेको छ।