ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

योजना विनाको विकासः निम्त्याउँदै विनास

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

पहाडी सडक यतिबेला हिलाम्मे छन् । गाउँ गाउँका कुनाकाप्चासम्म मोटर पु¥याउने नाममा भएको डोजर विकासको प्रतिफल अहिले गाउँसम्म एम्बुलेन्स जान सक्ने अवस्था छैन । कोही विरामी परे बोकेर मूल सडक वा सहर पुयाउनु पर्ने अवस्था छ । यही अर्घाखाँची र गुल्मी जिल्लामा भएको डोजरे विकासले जनतालाई सुविधाभन्दा पनि सास्ती भएको छ । विकासका नाममा अव्यवस्थित रूपमा चिरिएका पहाडमा बर्सेनी हुने पहिरोको भयलाई ख्यालख्याल सम्झिँदा जनताले पीडा खेप्नुपरेको छ । भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभावी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट आज विकास हाम्रा लागि विनासको कारण बनिरहेको छ । वास्तवमा बर्खायाममा जनताले भोग्ने बर्सेनीका प्रताडनाचाहिँ राजनीतिक जुहारीजस्तो प्राथमिकतामा पर्दैन ।

चुरे क्षेत्रका नदीमा हुने दोहन र खोलाले फेरेको मार्गका कारण नेपालका तराई क्षेत्रमा ३७ जिल्ला डुबानमा परिरहने अध्ययनले देखाएको छ । बर्खामा भेलले तराईलाई डुबाउने अनि हिउँदमा पानी नभएर काकाकुल हुनुपर्ने व्यथा छ । खोलाको कमसल बाँधलाई पानीको वेगले भत्काउँछ । वर्षायामका हरेक साल असार, साउन र भदौका तीन महिना तराई क्षेत्रमा मात्रै नभएर पहाडी इलाकामा पनि उत्तिकै भय छ । वर्षाको प्राकृतिक नियमलाई मानिसको अप्राकृतिक व्यवहारले विशेषतः झुपड बस्तीका निम्न वर्गले बढी प्रताडना खेप्नुपरेको छ । यथार्थमा मानिसले प्रकृतिमाथि अत्याचार गरिरहेको छ । विगतका वर्षमा जसरी नै यस वर्षको मनसुन सुरु भएदेखि नै वर्षाले देशका विभिन्न क्षेत्रमा ठूलो संख्यामा जनधनको क्षति भइरहेकै छ । तथापि, यस्ता घटनामा सरकारले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने आधार खोज्न सकेको देखिन्न । क्षति भइसकेपछि उपचारमा हारगुहार गर्नुभन्दा जोखिमपूर्ण बस्तीको अध्ययन गरी बस्ती व्यवस्थापन गर्ने, सचेतना अभियान चलाउनेतिर ध्यान पुयाउनु आवश्यक छ । समस्या बाजा बजाएर आउने होइन । दुर्घटना भइसकेपछि योजनाका तानाबाना बुन्ने गरिँदा समस्या झनै बिकराल बन्दै गएको छ ।

विगत केही दिनयता निरन्तर बर्षा भैरहेको छ । बर्षा भैरहँदा पहाडी बस्तीमा गुड्ने अधिकांश मोटर अहिले बन्द छन् । त्यसमाथि डोजरले खनेको बाटोमा पहिरो, भूक्षयको जोखिम बढ्दै गएको छ । डोजरले खनेको सडक बढी जोखिममा छन । एक अध्ययनले कमजोर पहाडमा डोजरले खनेको सडक ८० प्रतिशत जोखिम रहेको देखिएको छ । ती सडकमा हिउँदमा समेत मुस्किलले यातायात सञ्चालन हुने गर्दछ । हतारमा गरिएको कामले लतपत निम्त्याएको छ । एक समय अभियानकै रूपमा पहाडी भू–भागमा डोजर आतंक सिर्जना गरियो । जनप्रतिनिधिहरूले कमाउनकै लागि डोजर खरिद गरेर ब्रम्हलूट मच्चाएको घटना सार्वजनिक भैसकेको छ ।

अन्ततः ती सडक अहिले लथालिङ्ग र भताभुङ्ग भएका छन । सरकारको लगानी बालुवामा पानी भएको छ । बाताबरणीय प्रभाव मूल्याँकन नगरि गरिएका विकास योजनाले क्षणिक विकासमात्रै होइन, विनासपनि निम्त्याउने गर्छ भन्ने पछिल्लो उदाहरण पहाडी सडक बनेका छन् । तसर्थ विकास गर्दा चेत पु¥याउनु पनि उत्तिकै जरुरी छ । जनप्रतिनिधिहरूले विगतका विकास निर्माणका कामको परिणाम र नतिजा हेरेर आगामी दिनमा हुने कामको योजना बनाउनु जरूरी छ । होइन भने हतारमा गर्ने कामले जनतालाई सुविधा भन्दा पनि हानी पु¥याउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?