Butwal Today

कांग्रेस नेताले भण्डारीले भने : राजतन्त्र अपरिहार्य

२५ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,२५ भदौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भन्डारीले मुलुकमा राजतन्त्र अपरिहार्य रहेको जिकिर गरेका छ्न्।

कांग्रेसले बिपी जयन्तीका अवसरमा बिपीको साहित्यिक पाटोमा बहस चलाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आइतबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप नीतिबारे छलफल गरेको थियो। सोही छलफलमा सहभागी नेता भन्डारीले यस्तो बताएका हुन्।

भन्डारीले बिपीको स्मरण गर्दै बिपीले राजा रहे देश रहने बताउने गरेको जनाए।

भन्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जोश र वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रको विचारको प्रशंसा गरेका थिए।

राप्रपा सम्बद्ध नेपाल प्राज्ञिक परिषदले आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य विषयमा विचार गोष्ठीको आयोजना गरेको थियो।

गोष्ठीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संविधानविद डा. भिमार्जुन आचार्य, राप्रपा वरिष्ठ उपाधयक्ष रवीन्द्र मिश्रले बिपीको राजासहितको प्रजातन्त्र, राष्ट्रिय मेलमिलाप नीति आज देशको कहालीलाग्दो भ्रष्ट व्यवस्थाको विकल्पको रूपमा झन् किन आवश्यक छ भन्ने बारे धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?