ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

कछुवा गतिमा पोखरा–मुग्लिन सडक निर्माण

एक वर्षमा २ प्रतिशत काम
२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

पोखरा, २५ भदौ । पोखरा—मुग्लिन सडक निर्माणको काम ढिलाई भएको छ । सडक क्षेत्रमा भएका पाइप बिस्तार, विद्युत् पोल स्थानान्तरण, टेलिफोनका तारहको व्यवस्थापन, सिँचाइ लगायतका काममा सरोकारवाला कार्यालयहरुसंग समन्वय नहुदा निर्माण ढिलाई भएको निर्माण कम्पनीको गुनासो छ । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्काेमा तीन दशमलव पाँच प्रतिशत छ । ६७ प्रतिशत समय व्यतीत हुँदा आयोजनाको पश्चिम खण्डमा प्रगति ९ प्रतिशतमात्र देखिएको छ ।

पोखरा महानगरपालिकाको समन्वयमा आइतबार आयोजना अन्तर्गत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कास्कीको लाइफ लाइनको रुपमा रहेको सडक निर्माणमा तिब्रता ल्याउन निर्देशन दिए । कुनै पनि बाहानामा कोही पनि जिम्मेवारीबाट पन्छने, आरोप र प्रत्यारोप गरी ढिलासुस्ती गर्ने कार्यलाई स्वीकार्य नहुने उनले बताए । तत्काल समस्याको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायले यथाशीघ्र निर्माण कार्यमा सहजीकरण गर्न उनले निर्देशन दिए । सडक आयोजनाको परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माण स्थलमा खानेपानीको पाइप विस्तार, विद्युत् पोलहरु स्थानान्तरण, टेलिफोनका तारहरुको व्यवस्थापन, सिँचाइका कार्यहरू समयमा नभएका कारण निर्माण कार्य ढिलाइ भइरहेको बताएका छन् । सरोकारवाला निकायले भने आआफ्नो क्षेत्रबाट काम गरिरहेको बताएका छन् ।

स्थानीय अवरोध हटाउन पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख धनराज आचार्यले बताए । कतिपय अवस्थामा समस्या देखाएरमात्र समस्याको समाधान नहुने भन्दै उनले निर्माण कार्यलाई अघि बढाउन निर्माण व्यवसायीलाई आग्रह गरे । कोत्रेदेखि सेती पुलसम्म सडकमा परेका खाल्डाखुल्डी १ साताभित्र पुर्न उनले निर्देशन दिए ।

सेती पुलको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका सञ्चालक सुदर्शन देवकोटाले स्थानीय अवरोध हटाए आफूले तोकिएको समय सीमा भित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरे, सडक क्षेत्रमा पर्ने वडा नं.१० का वडा अध्यक्ष राजेश गुरुङ, १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, १४ का वडा अध्यक्ष बोधबहादुर कार्की, २६ का अध्यक्ष नरेन्द्र थापा, २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले आयोजना निर्माण कार्यलाई तत्काल अघि बढाई सडकको दुरावस्थाको अन्त्य गर्नुपर्ने बताए ।

योजनाको लागत १३ दशमलव ६२ अर्ब छ भने योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?