ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

विश्व आत्महत्या रोकथाम दिवस

२४ भाद्र २०८०, आइतबार
२४ भाद्र २०८०, आइतबार

आज विश्व आत्महत्या रोकथाम दिवस । यो दिवस विश्वभर हरेक बर्ष सेप्टेम्बर १० तारिखमा मनाउने गरिन्छ । आत्महत्या रोकथाम दिवस मनाईरहँदा नेपालमा भने आत्महत्याको घटनाले बिकराल रूप लिदै गएको छ । नेपालमा बर्षेनी आत्महत्या गर्नेको संख्यामा बृद्धि भैरहेको छ । आत्महत्या गर्नेहरूको संख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी अव अति आवश्यक भैसकेको छ । आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुख कारण मानिएको छ । त्यसमापनि गरिवी, पारिबारिक कलह, लामो समय परिवारबाट अलग हुनु, तनाव, कामको बोझ आदि प्रमुख कारण रहेका छन । कोरोना कहरको बेला आत्महत्याको ग्राफ बढेको थियो । आत्महत्याको कारणमा जब लकडाउन थपिदै गयो अनि कसैमा चिन्ता, डर, निराशापन, झर्को लाग्ने र तनाब बढेको महसुस सवैले गरे । त्यसमध्ये केहीले मन थाम्नै नसकेर आत्महत्याको बाटो रोजे । यस्तो अवस्थामा तनाव नियन्त्रण गर्न विभिन्न उपायहरू अबलम्बन गर्न सकिन्छ । तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्ने ध्यान दिनु आवश्यक हुन्छ । हामीले तनाव व्यवस्थापन गर्न धेरै कुरामा ध्यान दिनुपर्छ । यस्तो बेला आफूमा या परिवारमा केही त्यस्तो लक्षण देखिएमा मनोपरामर्शदाता, मनोविमर्शकर्ता र मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

अहिले विश्व आर्थिक मन्दीको बेला छ । नेपालको आर्थिक अवस्था पनि अत्यन्त कमजोर बनेको छ । यो बेला बेरोजगारी र दैनिक जीवन गुजारामा आइपरेको समस्याका कारण आमजनताको मनोविज्ञानमा उतारचढाव आउन थालेको छ । मानिसमा आवेग पैदा हुने, घरझगडा र कलहमा वृद्धि हुने, सानातिना कुराले पनि निकै सोचमग्न बनाउने, एकोहोरो व्यवहार हुने, नयाँपन नआउने, समस्या रहिरहने, एकखालको संकटकालजस्तो अवस्था निरन्तर झेलिरहनुपर्ने र बैंक तथा साहुमहाजनको ऋणको ब्याज बढिरहने आदि कारणले आमजीवन तनावग्रस्त हुन पुगेको छ । मनोवैज्ञानिक पिँजडाभित्र मानिसको जीवन रमाउन सकिरहेको छैन । यसैकारण आमरूपमा गम्भीर खालका मनोरोग पैदा हुँदै गएका छन् । त्यसमध्येको एक आत्महत्यो पनि हो । उत्पादनका काम मानिसको जीवनमा सबैभन्दा आधारभूत र जीवनदायी काम हुन् । यी कामले मानिसलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राखिरहेका हुन्छन् । मानिस आफैंमा निकै क्रियाशील र सिर्जनशील प्राणी हो । तर यही मनुष्यले आत्महत्याको बाटो रोजीरहेको छ । आत्महत्याको सहायक कारणमा आर्थिक समस्या र त्यससँग जोडिएर सामाजिक तथा वैयक्तिक समस्या देखापरेका छन् । यिनको समाधानका लागि सरकारले आर्थिक राहत प्याकेज, अनुदान सहयोग, सस्तो ब्याजमा ऋण प्रवाह, उत्पादन कार्यक्रम निर्माणमा जोड दिनु आवश्यक छ । यदि हामीले लिएको तनावले हाम्रो दैनिक जीवनमा असर पारिराखेको छ कि छैन भन्नेतर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ । बेलैमा तनाव व्यवस्थापन गर्नेतर्फ ध्यान दिन सकेनौं भने त्यसले भोली ठूलो समस्या निम्त्याउन सक्छ । तसर्थ आत्महत्या रोकथाम दिवसकै अवसरमा बढ्दो आत्महत्याले निम्त्याएको पारिवारीक बिखण्डन र कारणको खोजी गर्नु जरुरी छ । आजको सत् प्रयासले भोलिको दिनमा आत्महत्या रोकथाममा सहयोग पुग्यो भने त्यो ठूलो उपलब्धि हुनेछ । आत्महत्याको कारण पहिचान गरि सोही अनुसारको मनोपरामर्श दिनेतर्फ सरकारले पनि अव सोँच्नुपर्ने जरुरी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?