Butwal Today

लुम्बिनी प्रदेशसभाद्वारा निजामती विधेयक सर्वसम्मत पारित

२२ भाद्र २०८०, शुक्रबार
अ+
अ-

लमही , २२ भदौ ।

लुम्बिनी प्रदेश सभाले निजामति विद्येयक पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शुक्रबार सर्वसम्मत रुपमा पारित गरेको छ ।

२५ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । त्यसपछि सभामुख तुलाराम घर्तीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री चौधरीले जग्गा फुकुवामा प्रतिपक्ष दलले सहयोग गर्नु पर्ने बताए ।