Butwal Today

नयाँ गाउँ माविद्वारा ट्राफिक सचेतना कार्यक्रम

२२ भाद्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २२ भदौ ।

नयाँगाउँ माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अनुसार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रबार ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा ट्राफिक ब्यवस्थापन कार्यालयका बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेको समूह र नयाँगाउँ प्रहरी चौकीको सहयोग र प्रशिक्षण रहेको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, सहायक प्रधानाध्यापकहरु लगायत शिक्षक तथा करिब ५०० विद्यार्थीहरुसहितको बृहत र्याली आयोजना गरिएको थियो । विद्यालय बाट सुरु भएको र्याली नयाँगाउँ चोक, बेलबास चोक हुँदै विद्यालयमै आएर समापन भएको थियो ।