ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

माओबादीको अभियानः रूपान्तरण कुन बिन्दुबाट सुरु गर्ने ?

२२ भाद्र २०८०, शुक्रबार
२२ भाद्र २०८०, शुक्रबार

माओबादी केन्द्रले गत हप्ताको शनिवारदेखि जनतासंग माओबादी बिशेष अभियान सुरू गरेको छ । माओबादी पार्टीका अध्यक्ष प्रचण्डले भर्चुवल उद्घाटन गरेपछि यो रूपान्तरण बिशेष तीन महिने अभियान गाउँ केन्द्रित रहेको देखिन्छ । अभियान संचालनको पहिलो दिन त उसले देशका ६ हजार भन्दा बढी वार्डहरूमा बिभिन्न ढंगले गतिबिधि देखायो । राजनीतिक परिबर्तनका खातिर मुख्य भूमिका खेलेको यो शक्तिले यो अभियान थाल्दै गर्दा यसले मुलुकको ध्यान समेत केन्द्रित गरेको छ । अव माओबादी साँच्चिकै रूपान्तरण होला त ? रूपान्तरण हुने हो भने कुन बिन्दुबाट सुरू गर्ने ? साँच्चिकै प्रबृत्तिमा परिबर्तन हो कि सदस्यता बिस्तारसंग जोडिएको अभियान हो ? कैयन यी यस्ता यक्ष प्रश्नहरूको बीचमा उसले यो अभियान चलाइरहेको छ । त्यसो त जनतासंग फर्किने भनेर माओबादी केन्द्रले अभियान घोषणा गरेको यो पहिलोपटक भने अवश्य होइन । उत्पादन बिग्रेड बनाउनेदेखि संगठन सुदृढीकरण गर्ने अभियान घोषणा पनि बिगतमा भए । २०७९ को आमनिर्वाचन लगत्तै ठूलो अन्तरको बीचमा कांग्रेस एमाले भन्दा तेस्रो शक्तिमा खुम्चिएपछि २ महिने अभियान पनि घोषणा गरिएको थियो । तर, ती योजना र घोषणा घोषणामै सिमित रहेका थिए ।

यही सेरोफेरोमा पछिल्लो केन्द्रिय समिति बैठकमा सहभागी २१८ जना मध्ये अधिकांश केन्द्रिय नेताहरूले पार्टी बिग्रिएको र जनताबाट कट्दै गएको निष्कर्षबाट यो अभियानले प्रबेश पाएको छ । माओबादी नेताहरू यो अभियानलाई माओबादी शान्ति प्रक्रियामा आएपछि अव फेरी प्रमुख शक्तिका रूपमा उभ्याउन महत्वपूर्ण पानी ढलोको रूपमा लिएका छन् । यो अभियानमा बिशेषतः समाजबादी मोर्चाको अवधारणापत्र, पार्टीको दस्ताबेज, केन्द्रिय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सवैजना जनताको घरघरमा पुग्ने लक्ष्य राखिएको छ । कार्यतालिका अनुसार तीन चरणको अभियान संचालन हुने बताइएको छ । वडा वडाले तोकेका कमाण्डरको नेतृत्वमा चलेको अभियान प्रक्रियामा स्थानीय तहमा पुग्दा जनताको काम जनतासंगै गर्ने र बस्दा हिंड्दा बोल्दा पार्टीको कुरा गर्ने निर्देशिकामा नै उल्लेख छ । ७ हजार २ सय ४३ वडामा परिचालित गरिएको यो अभियानबाट कम्तीमा २५ लाख मतदाता समक्ष प्रत्यक्ष सम्पर्क हुने र ८ लाख पार्टी सदस्यता बिस्तारको अपेक्षा राखिएको छ ।

यो कुरामा दुईमत छैन कि मुलुकको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा प्रबाहमा परिबर्तनका मुद्दाहरूलाई संस्थागत गर्न मुख्य भूमिका खेलेको शक्ति हो माओबादी । सवैभन्दा बढी बलिदान र त्याग गरेको शक्ति पनि हो यो । यसो हुँदाहुँदै पनि पछिल्ला दिनहरूमा हिजो जुट्ने प्रक्रियामा थियो, बिस्तारै फुट्ने सिलसिलाले हिजोका सशस्त्र युद्धकालका सहयात्रीहरू आजसंगै छैनन् । यसले फुट्नेहरूलाई अहिलेसम्म आउँदा कति लाभ दियो ? हिजोको माओबादी आन्दोलनलाई आज कुन अवस्थामा, अनि उचाईमा पु¥याईरहेको छ ? त्यो एउटा समिक्षाको बिषय छ भने कम्युनिष्ट नीति अनुसार नेतृत्वबहन हुन नसक्दा माओबादीभित्र आम प्रश्न उठिरहेका छन् । यही इतिहासको एउटा निर्मम समिक्षा हुनुपर्ने बेलामा माओबादी केन्द्रको अभियान थालनी भएको छ । सांगठनिक संरचना केन्द्रमा फुक्दै गएको तर जनस्तरमा सुक्दै गएको सन्दर्भमा माओबादीले मुलुकभरका आम कार्यकर्तामा उत्साह ल्याउने अनि जनस्तरमा जोडिने कार्यक्रमको रूपमा लिएको यो अभियान माओबादी सिंगो पार्टी पंक्तिका लागि अन्तिम परीक्षा हो । यतिबेला कैयन प्रश्न उठिरहेका छन् कि सवैभन्दा ठूलो क्रान्तिकारी र परिबर्तनका कुरा गर्ने यो पार्टीभित्र एउटा पुस्ता नै धकेलिने अबधिसम्म पनि नेतृत्व परिवर्तन हुन नसक्ने गरेको परिपेक्ष्यमा पुस्तान्तरणको बिषयले पनि अहिले प्रबेश पाएको छ । साथै पार्टीभित्र झांगिएका कैयन बिकृति र बिसंगतिका बिषयमा पनि जसरी कुरा उठान भैरहेका छन्, कुरा मात्र उठान हुने तर रूपान्तरण हुन नसक्ने हो भने यी अभियान र बहसका बिषयहरू अवश्य नै निरर्थक हुन सक्छन् ।

यसैले इतिहासको एउटा निर्मम र कठिन घडीमा छ– माओबादी केन्द्र यतिबेला । साथै अवसरलाई चुमेर नयाँ संभावनाको बाटो पक्रने अवसर पनि उत्तिकै छ । हाल सत्ता संचालनको नेतृत्व गर्दैगर्दा देशका सवै शासकीय तथा प्रशासनिक संरचनाहरूमा बिकृति र बिसंगति छन् । भ्रष्टाचारले देश बिक्षिप्त छ । हरेक क्षेत्र हेर्दा मुलुक नराम्ररी थलिएको छ । दैनिकी औसत दुई हजारका आसपासमा देशका प्रतिभावान युवायुवतीहरूले देश छाड्ने क्रम बढेको छ । संसदीय चरित्रको तर समाजबाद उन्मुख नाम दिएको यो लोकतान्त्रिक राज्यव्यवस्थामा माथिबाटै मुहान सफा गर्न माओबादी नेतृत्वको सरकारले चालेको अभियान पनि सह्रानिय छ । भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचार संस्कृतिलाई अन्त्य गर्न थालिएको प्रयास र कदमलाई ठिक ढंगले ब्यवस्थापन गर्न सकियो भने माओबादी केन्द्रको मात्र बिषय होइन कि मुलुक साँच्चिकै सुशासनको मार्गमा प्रबेश गर्ने आधार तयार हुन सक्दछ तर मुद्दा उठाउने ठिक ढंगले ब्यवस्थापन गर्न सकिएन भने माओबादीका लागि क्षयीकरणको दिशामा जाने बाटो यो भन्दा केही हुनेछैन । यस्तै सांगठनिक संरचना निर्माणमा पनि बासी कार्यशैली, नेताहरूका आ–आफ्नै समूह, गुटबन्दी र परिवारबाद जस्ता गलत अभ्यासबाट उठ्न जरुरी छ । कार्यकर्ता र जनतामा नयाँ तहबाट बिश्वास लिने बाटो तय गर्नैपर्दछ ।

आम कार्यकर्ताको योग्यता, क्षमता र त्यागको पृष्ठभूमिको सही मूल्याँकन हुन सकेन भने अभियानको रिहर्सल गरेर मात्र हुने केही होइन । सधै सत्तामा जोडिएर अवसरको फाइदा लुटिरहने एउटा समुह अनि सदैव कुनै कुरा राख्न पनि पहुँच पु¥याउन नसकेका अर्को निमुखा कार्यकर्ता समूहबीचको दरारले पनि माओबादी आन्दोलनभित्र समस्याका पोका झन गाँठो पर्दै गएको छ । माओबादीलाई सच्चाउन खोजिएको हो भने यो संस्कृतिको पनि अन्त्य हुनु जरुरी छ । यस्का साथै छरिएर रहेका माओबादी शक्तिहरूलाई नयाँ शिराबाट एकीकरणको कोर्षमा पु¥याउन सार्थक पहल पनि थालिनुपर्दछ । हरेक नेता कार्यकर्ताले आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर पाउनैपर्दछ । अव मुलुकमा हरेक क्षेत्रमा संख्यामा होइन गुणको खोजी भइरहेको तथ्यलाई बुझ्न जरुरी छ । अहिले सरकारले गरेको कामको बलमा पनि संगठन बिस्तारलाई अगाडि बढाउन खोजिएको छ । सरकारले गरेका कामबाट पूर्ण सन्तुष्ट भइहाल्ने अवस्था छैन तथापी प्रयासहरू भने प्रशंसनीय नै छन् । माओबादी केन्द्र जनतासंग जोडिनु पूर्व आम कार्यकर्तामाझ पुगेर गुनासो सुन्ने हिम्मत गर्न सक्नुपथ्र्यो तर पनि कार्यकर्ता परिचालनमा पनि यो अभियानले बल त देला तर अभियानमा हामी कहाँनिर चुक्यौं ? यो जनतासंग सोध्ने हिम्मत गर्नैपर्दछ ।

खराव प्रबृतिको अन्त्य गर्न यो अभियान कोसेढुंगा बन्नैपर्ने हुन्छ । केन्द्रीकरणको नाममा अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने भीड जस्तै भएको यो पार्टी अहिलेसम्म कसरी पार्टीका रूपमा जोगिन पुगेको छ र जनताबाट के कति कारणले टाढिदै, अलग हुँदै गएको छ । माओबादीले यथार्थमै आत्मसमिक्षा सहित मूल्याङ्कन गर्न सक्नुपर्दछ । त्यसैले रूपान्तरण केवल ०८४ को आम निर्वाचनलाई लक्षित गरेर मत सुरक्षित गर्ने बिषयसंग मात्र होइन कि साँच्चिकै खराव प्रबृतिको अन्त्य गर्न सकियो भने मात्र यो अभियानको सान्दर्भिकता रहनेछ । समस्याको चाङभित्र हुर्किएको माओबादी आन्दोलनभित्र रूपान्तरण नेतृत्व तहबाटै हुन सक्छ कि सक्दैन ? खोजीको बिषय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?