Butwal Today

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. झा

२२ भाद्र २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,२२ भदौ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि कृष्ण गिरीसहित ९ जना सर्टलिस्टमा परेका थिए । जसमा झालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।

बैठकले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेलगायतका विषय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?