Butwal Today

सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु,१२८ खेलाडी सहभागी

२२ भाद्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २२ भदौ । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता बुटवलमा शुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले उद्घाटन गरिन् ।
प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सांसद ढकालले स्नुकर खेल विश्वकै पुरानो मध्येको स्तरीय खेल भएपनि नेपालमा ओझेलमा परेको र राज्यको ध्यान नपुगेको औंल्याइन् ।
तीनै तहका जनप्रतिनिधिको ध्यान खेलकुदको विकासमा जान नसकेको भन्दै उनले खेलकुदको विकास र खेलाडीको हित हुने गरी स्पष्ट नीति र कानुन बनाउनुपर्ने खांचो रहेको बताइन् ।
उनले स्नुकर खेलको सम्मान हुने गरी लुम्बिनी प्रदेश सभामा नीति र कानुन बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाउंदै स्नुकर संघको अहिलेको नेतृत्व सक्षम भएकाले राष्ट्रियस्तरको प्रतियोगिता गर्न सुझाव दिइन् ।
रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले विगतमा स्नुकर खेलप्रति प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण गलत रहेको र स्नुकर क्लबहरु बन्द गराइएको स्मरण गर्दै तिर अहिले यो खेल मर्यादित र व्यवस्थित बनेको बताए ।
कार्यक्रममा बोल्दै तिनाउ इन्टरनेसनल हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी, वडाध्यक्षहरु शिव राना, हरि श्रेष्ठ, नरिश्वर पौडेल,अधिवक्ता जोगबहादुर खत्री,संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य,संघका वरिष्ठ उपाध्यक्ष बासु प्रधान,महासचिव शंकर खड्का लगायतले स्नुकर खेललाई प्रवद्र्धन गर्न लुम्बिनी प्रदेश सरकारले लगानी गर्नुपर्ने माग गरे ।

एक हप्तासम्म चल्ने प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए । कार्यक्रममा स्नुकरका अन्तर्राष्ट्रिय खेलाडी बुटवलका रेगन श्रेष्ठ र अपांगता भएका जमिर मियालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।